विनय कर्ण
कल्याणपुर (सप्तरी), पुस २४ गते । शीतलहर चलिरहेको बेला सप्तरीको महादेवा गाउँपालिकामा फाइबर सिरक वितरण गरिएको छ । गाउँपालिकाको वडा नम्बर ५ स्थित दुर्गापुरमा दलित, विपन्न, अपाङ्ग, ज्येष्ठ नागरिक तथा एकल महिलाहरुलाई बुधबार एक कार्यक्रमकाबिच फाइबर सिरक वितरण गरिएको हो ।
कार्यक्रममा सिरक वितरण गर्नुहुँदै प्रमुख अतिथि गाउँपालिका अध्यक्ष सुनिल कुमार मण्डलले शीतलहर चलेको बेला जाडोबाट बचाउन जना दलित, विपन्न, अपाङ्ग, ज्येष्ठ नागरिक तथा एकल महिलाहरुलाई फाइबर सिरक वितरण गरिएको बताउनुभयो ।
उहाँले गाउँपालिकाका ६ वटै वडामा जाडोको समयमा जोखिममा रहेका वर्गलाई राहत प्रदान गर्ने उद्देश्यले अहिले सम्म चारसय सिरक वितरण गरिएको जानकारी दिनुभयो । आगामी दिनमा पनि लक्षित वर्गलाई केन्द्रमा राखी यस्ता सामाजिक कार्यक्रमहरु सञ्चालन गरिने अध्यक्ष मण्डलको भनाइ छ ।
वडाअध्यक्ष हरेराम मण्डलको अध्यक्षतामा आयोजित कार्यक्रममा वडा सदस्यहरु, समाजसेवी तथा स्थानीय भद्रभलादमीहरुको उपस्थिति रहेको थियो । सिरक प्राप्त गरेपछि स्थानीय लाभग्राहीहरुले गाउँपालिकाप्रति आभार व्यक्त गरेका छन् ।