नेपाल प्रहरीको सामाजिक सञ्जाल प्रयोगसम्बन्धी नीति विपरीत गैर व्यावसायिक एवम् अमर्यादित सामग्री पोष्ट गर्ने ५९९ जना प्रहरीलाई कारबाही गरिएको छ ।
मधेश प्रदेशमा अगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि बुधबार जनकपुरधाममा शान्तिपुर्णरुपमा मनोयन पत्र दर्ता कार्यक्रम सम्पन्न भएको छ।
नेपाल भारत सीमा नाकाको भारततर्फ रुपैइडिहामा रहेको चेकपोष्टमा भारतीय सुरक्षा निकाय एसएसबीले सुरक्षा कडा पार्दै पहिलो पटक फेस डिटेक्सन क्यामेरा जडान गरेको छ।
२०८२ माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि जम्मा ४४ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।
सशस्त्र प्रहरी बल नेपाल नं १ गुल्म हेडक्वार्टर कञ्चनजङ्घाले २५ औं सशस्त्र प्रहरी दिवसको अवसरमा ताप्लेजुङ कारागारका कैदीबन्दीलाई खेलकुद सामग्री वितरण गरेको हो ।
नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले केन्द्रीय विशेष महाधिवेशन आह्वान गरेको छ ।
नेपाली कांग्रेसले पार्टीका पदाधिकारी वा सदस्यहरूले व्यक्तिगत रूपमा बोलाइएको अधिवेशन वा विशेष महाधिवेशनका नाममा गरिने कुनै पनि गतिविधि पार्टीको विधानविपरीत हुने भन्दै त्यस्ता गतिविधिमा संलग्न नहुन नेताकार्यकर्तालाई अपिल गरेको छ ।
पाँचथरबाट प्रतिनिधि सभा सदस्यका लागि नेकपा (एमाले)का दुई जना केन्द्रीय सदस्य सहित सात जनाको नाम प्रदेश कमिटिमा सिफारिस भएको छ ।
सात महादेशमा सात दिन लगातार सञ्चालन हुने ‘वल्ड म्याराथन च्यालेञ्ज’ मा नेपाली मूलका अमेरिकी धावक बाल जोशी सहभागी हुनुहुने भएको छ ।
नवलपुरको मध्यविन्दु नगरपालिका –११ अरुणखोलामा एकजना महिलाको शव शङ्कास्पद अवस्थामा फेला परेको छ ।
संयुक्त राज्य अमेरिका र इजरायलले इरानमा भइरहेका सरकार विरोधी प्रदर्शनलाई समर्थन गरेको पृष्ठभूमिमा इरानका सैन्य प्रमुखले बुधबार कडा चेतावनी दिएका छन् । उनले इरान बाहिरी शक्तिको दबाब र धम्की सहेर चुप लागेर नबस्ने स्पष्ट सन्देश दिएका हुन् ।
कोशी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार सुनिलबहादुर थापा निर्विरोध निर्वाचित हुनु भएको छ।
कैलालीसहित पश्चिम तराईको थारू समुदाय आफ्नो सबैभन्दा ठुलो पर्व माघ (माघी) को तयारीमा जुटेको छ । माघ पर्व नजिकिएकाले थारू समुदायका मानिस माघको तयारी (सामाजामा) मा जुटेका हुन् ।
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउपालिका–५, साङ्ता गाउँ नजिकैको सेताम्मे हिउँ परेको उकालो बाटोमा हिड्दै गरेका पदयात्री।
नेपाली कांग्रेस र एमालेले गठबन्धन गरी एकल उम्मेदवारी दर्ता गराएका छन् भने नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चाले पनि उम्मेदवारी दिएका छन्।