हुम्ला घर भएका हाल काठमाडौँमा बस्दै आएका थुक्तेन पाल्वर तामाङ ११ दिनदेखि बेपत्ता हुनुभएका छ । काठमाडौँमा भदौ २४ भएको जेनजी आन्दोलनमा सहभागी भएका हुम्लाको नाम्खा गाउँँपालिका–३ को खगालगाउँ स्थायी घर भएका हाल काठमाडौँको तीनचुलीमा बस्दै आउनुभएका थुक्तेन ११ दिनदेखि बेपत्ता हुनुभएको छ ।
बाह्रबिसे–कोदारी लोकमार्गअन्तर्गत कोदारीस्थित इको पहिरोका कारण ५१ दिनदेखि तातोपानी नाका सडक बन्द रहेको छ । उक्त सडकखण्ड बन्द भएदेखि मालबाहक कन्टेनरदेखि सबै प्रकारका सवारीसाधान पूर्ण रुपमा ठप्प भएको छ ।
दैलेखमा शनिबार विद्युत सेवा अवरुद्ध भएको छ । सुर्खेत–दैलेख ३३ केभी प्रसारण लाइनअन्तर्गत पर्ने क्षेत्रहरूमा आज बिहानदेखि दिउँसोसम्म विद्युत सेवा अवरुद्ध हुने भएको हो ।
पाँचौँ गुल्मी जिल्ला स्तरीय स्क्राबल प्रतियोगितामा सिद्ध बाबा माविका आयुष गुरुङ्ग प्रथम हुनु भएको छ ।
मुग्लिन–नारायणगढ सडकखण्डमा बारम्बार पहिरो खस्दा यात्रुहरूको यात्रा कष्टकर बनेको छ । शुक्रबार चितवनको इच्छाकामना गाउँपालिकाको तुइन खोलामा खसेको ठुलो पहिराले यातायात अवरुद्ध भई सर्वसाधारण सास्ती खेप्न बाध्य भएका छन् ।
सुदूरपश्चिम प्रदेशको प्रादेशिक संरचनाको कामकाज डेढ हप्तादेखि ठप्प रहेको छ । जेनजी आन्दोलनको क्रममा मन्त्रालय, कार्यालयमा अत्यधिक क्षति भएपछि प्रादेशिक संरचनाअन्तर्गतका धेरैजसो अड्डाका कामकाज ठप्प रहेको हो ।
फुटेको पिच, बल, च्यातिएको जाली, टुटेको ब्याट र जीर्ण खेलमैदानमा शुक्लाफाँटा नगरपालिकाका क्रिकेट खेलाडीले दैनिक अभ्यास गर्दै आएका छन् । क्रिकेट खेल्न आवश्यक आधारभूत सामग्रीको अभाव हुँदाहुँदै पनि खेलाडीहरूको उत्साह भने घटेको छैन ।
पर्सास्थित वीरगञ्जको प्रतिष्ठाको प्रतीक यहाँको घण्टाघरको केही भाग भत्किएको संरचना सात महिनापछि मर्मतसम्भार गरिएको छ । गत फागुन ७ गते भत्किएको घण्टाघरको ‘बाल्कोनी’ संरचना कमजोर भएर इँटा झरेको थियो ।
गत भदौ २३ र २४ गते देशभर भएका जेनजी आन्दोलनका कारण एक हप्ता पर सरेको बजार अनुमगन आगामी सातादेखि गर्ने तयारी रहेको कामपाले जानकारी दिएको छ ।
म्याग्दीको मालिका गाउँपालिका–१, निस्कोटमा रहेको स्वास्थ्य चौकीको भवन जीर्ण बनेपछि सेवा प्रभावित भएको छ ।
हालैको अविरल वर्षात्ले बर्दघाट सुस्ता पश्चिम नवलपरासीको पाल्हीनन्दन र सरावलका धान बालीमा क्षति पुर्याएको छ ।
हिन्दुहरूको महानपर्व दसैँ नजिकिएसँगै कामका लागि भारत गएका नेपालीहरू चाडपर्व मनाउन ठुलो सङ्ख्यामा स्वदेश फर्किन थालेका छन् ।
उपल्लो मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिका–४ याराघाराका ६५ वर्षीय डण्डु गुरूङले १२ वर्षदेखि पवित्र तीर्थस्थल दामोकरकुण्डको दर्शन गर्न जाने भक्तजनहरूलाई निःशुल्क भोजन गराउनुहुन्छ ।
चार वर्ष अगाडि निर्माण सुरु भएको निसीखोला आधारभूत अस्पताल बजेट अभावमा अलपत्र परेको छ । विसं २०८० मा निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको उक्त अस्पताल पर्याप्त बजेट नआउँदा अलपत्र परेको हो ।
मकरीगाड तरेपछि सुरु हुन्छ अपि हिमाल गाउँपालिका । सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीबाट करिब २५० किलोमिटर डरलाग्दो सडकको आठ घण्टा यात्रापछि दार्चुलाको गोकुलेश्वर पुगिन्छ । यहाँबाट थप अढाई घण्टामा मार्मा