• २४ पुस २०८२, बिहिबार

धनकुटामा दुई व्यक्ति मृत फेला

blog

साङ्केतिक तस्बिर

कविराज घिमिरे 

हिले, पुस २३ गते। छुट्टाछुट्टै स्थानमा धनकुटामा दुई जना मृत अवस्थामा फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार शहीदभूमि गाउँपालिका र महालक्ष्मी नगरपालिकामा गरेर दुई जना मृत फेला परेका हुन्। 

शहीदभूमि गाउँपालिका–७, फुर्केडाँडा, गैरीगाउँकी ४४ की पूर्णिमा मगर मङ्गलबार राति स्थानीय गोरेटोमा यात्रा गर्ने क्रममा बाटोबाट लडेर मृत अवस्थामा भेटिनु भएको छ। उहाँ करिब १५ मिटर तल अर्को मुख्य सडकमा झरेको प्रहरीले जनाएको छ।  

बिहीबार बिहान ८ बजे महालक्ष्मी नगरपालिका–१ बस्ने वर्ष अन्दाजी ४३ का टङ्कबहादुर राय सो स्थानकै बाटोमा मृत अवस्थामा फेला पर्नु भएको हो। स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। 

जिप्रका धनकुटाबाट खटिएको टोलीले दुवै शवको प्रारम्भिक कानुनी प्रक्रिया तथा अनुसन्धान पूरा गरी पोस्टमार्टमका लागि जिल्ला अस्पताल धनकुटा पठाएको जिल्ला प्रहरी कार्यालय धनकुटाका डिएसपी राजन कार्कीले जानकारी दिनु भयो। 

अनुसन्धान भइरहेको र पोस्टमार्टम रिपोर्टपछि मृत्युको यथार्थ कारण खुने प्रहरीको भनाइ छ।