जेनेभा, पुस २३ गते । मानव अधिकारका लागि उच्चायुक्तको कार्यालय (ओएचसिएचआर) ले भेनेजुएलामा बढ्दो तनावपूर्ण स्थितिको बारेमा चिन्ता व्यक्त गरेको छ, । अमेरिकाले हालै गरेको सैन्य अपरेसनको परिणाम स्वरूप भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उहाँकी श्रीमतीलाई गिरफ्तारी देश निकाला गरिएको छ ।
संयुक्त राष्ट्रसङ्घका उच्चायुक्त भोल्कर टर्कका प्रवक्ता रविना शामदासानीले पत्रकार सम्मेलनमा सैन्य कारबाहीले “अन्तर्राष्ट्रिय कानुनका साथै संयुक्त राष्ट्रको बडापत्रको उल्लङ्घन गरेको बताउनु भएको छ । भेनेजुएलामा अमेरिकी सैन्य कारबाहीले “विश्वभरिका सबै राज्यलाई आफू असुरक्षित भएको महसुस गराएको बताउदै उहाँले, अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन गरी एकपक्षीय सैन्य हस्तक्षेपद्वारा जवाफदेहिता हाँसिल गर्न नसकिने बताउनु भएको छ ।
भेनेजुएलाको भविष्य “भेनेजुएलाका जनताको आत्मनिर्णयको अधिकार, आफ्नो जीवन र स्रोतमाथि सार्वभौमसत्ता लगायत मानव अधिकारको पूर्ण सम्मानका साथ निर्धारण गरिनु पर्ने शामदासानीले बताउनु भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार भेनेजुएलाको राजधानी काराकाससहित देशका प्रमुख स्थललाई लक्षित गरी ठुलो मात्रामा सैन्य आक्रमण गर्ने घोषणा गरेको जनाइएको छ । अपरेशनको परिणाम स्वरूप भेनेजुएलाका राष्ट्रपति र उनकी श्रीमतीको गिरफ्तारी गरी अमेरिकी अदालतमा मुद्दा चलाउन अमेरिकामा स्थानान्तरण गरिएको छ । रासस/क्यूएनए