नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपियाँ ५२ पैसा र बिक्रीदर १४४ रुपियाँ १२ पैसा निर्धारण गरिएको छ ।
नेपाल सरकारले कृषि बिमालाई प्राथमिकतामा राखेको भए पनि इलाममा भने कृषि बिमा नै नभएको पाइएको छ । अलैँची, अदुवा, चिया, फलफूल, खाद्यान्नलगायतका कृषि तथा नगदेबालीको खेती भए पनि कुनै पनि बालीमा कृषि बिमा नभएको पाइएको हो ।
निर्वाचन आयोगले यही माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आयोगबाट स्वीकृत निर्वाचन कार्यक्रमबमोजिम बिहीबार उम्मेदवारको विरोधमा उजुरी दिन सक्ने कार्यतालिका सार्वजनिक गरेको छ ।
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त अरब इमिरेट्स (युएई) र नेपालबिच आर्थिक सहकार्यका क्षेत्रलाई अझै फराकिलो बनाउँदै जानुपर्ने बताउनुभएको छ ।
नेपाललाई विश्वव्यापी एकाउन्टिङ तथा फाइनान्स आउटसोर्सिङ हबका रूपमा स्थापित गर्ने लक्ष्यसहित नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले ‘ग्लोबल एकाउन्टिङ इनिसिएटिभ इन नेपाल (गेन)’ परियोजना सुरु गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको छिपहरमाई गाउँपालिकाका अध्यक्ष मनोज कुमारसमेत चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आगामी फागुन २१ गते हुने निर्वाचनका लागि आवश्यक नमुना मतपत्र छपाइ बुधबारदेखि सुरु भएको छ । निर्वाचन आयोगको समन्वयमा जनक शिक्षा सामग्री केन्द्रले नमुना मतपत्र छाप्न सुरु गरेको हो । मङ्गलबार डमी मतपत्र छापिएको भए पनि बुधबारदेखि पूर्ण रूपमा अन्य मतपत्र छाप्न सुरु गरिएको हो । नमुना मतपत्र १० लाख थान छापिने केन्द्रले जनाएको छ । यो काम बिहीबार सकिने छ ।
सामाजिक सञ्जाल दुरुपयोग गरेको आरोपमा प्रहरी प्रधान कार्यालयले झन्डै छ सय जना प्रहरीलाई कारबाही गरेको छ । सामाजिक सञ्जाल फेसबुक, एक्स (ट्विटर), टिकटकलगायत विभिन्न सामाजिक सञ्जालमार्फत सङ्गठनविरुद्ध अमर्यादित टिप्पणी गर्ने, गैरव्यावसायिक सामग्री पोस्ट गर्ने तथा प्रहरी पोसाक र हैसियत दुरुपयोग गर्ने प्रहरी कर्मचारी कारबाहीमा परेका हुन् । यो पछिल्लो पाँच वर्षमा गरिएको कारबाही सङ्ख्या हो । प्रहरीको सामाजिक सञ्जा
झापाको चन्द्रगढी विमानस्थलमा भएको जहाज दुर्घटनाका विषयमा दुई छुट्टाछुट्टै समितिले छानबिन गर्ने भएका छन् । शुक्रबार काठमाडौँबाट उडेको बुद्ध एयरको जहाज अवतरणका क्रममा धावनमार्गबाट बाहिर गएर भएको दुर्घटनाको विषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले छुट्टाछुट्टै अनुसन्धान गर्ने भएका हुन् ।
काठमाडौँ उपत्यकामा गुड्ने करिब ३८ प्रतिशत सार्वजनिक सवारी वायु प्रदूषणको मापदण्डविपरीत गुडिरहेको पाइएको छ । ती सवारीले तोकिएको मापदण्डभन्दा दोब्बर प्रदूषणयुक्त हानिकारक कालो धुवाँ फालिरहेका कारण पनि उपत्यकाको चिसो मौसममा वायु प्रदूषण तीव्र भइरहेको वातावरण विभागको दाबी छ ।
प्राकृतिक स्रोतको अवैध दोहन रोक्न जिल्ला प्रहरी कार्यालय दोलखा सक्रिय भएको छ । जिल्लाको विभिन्न स्थानका खोला तथा नदी किनारमा मापदण्ड विपरित हुने ढुङ्गा, बालुवा उत्खनन् र ओसारपसारलाई लक्षित गर्दै प्रहरीले सक्रियता बढाएको हो।
प्रधानमन्त्री सुशीला कार्कीसमक्ष ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले राजीनामा पेस गर्नुभएको छ।
काठमाडौं, पुस २३ गते । जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले ऊर्जा मन्त्रालयको सभाहलमा अहिले आकस्मिक रुपमा पत्रकार सम्मेलनको आयोजना गर्नुभएको छ ।
काठमाडौँको शङ्खरापुर नगरपालिका–३ मा बस दुर्घटना हुँदा तीनजनाको निधन भएको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले रुकुमपश्चिमबाट जनार्दन शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको छ।