नेपाल पत्रकार महासङ्घ खोटाङले पत्रकार तथा पत्रकारिता पेसामाथि सामाजिक सञ्जाल फेसबुकमा जथाभावी लेख्नेविरुद्ध कानुनी उपचार खोज्ने निर्णय गरेको छ ।
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशको समृद्धिका लागि सुशासन र राष्ट्रियताको पक्षमा एमालेले ध्यान केन्द्रित गरेर काम गरिरहेको बताउनुभएको छ ।
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि बुधबार देशभर उम्मेदवारको मनोनयन दर्ता भएको छ। निर्वाचन आयोगले आगामी माघ ११ गतेका लागि राष्ट्रियसभा सदस्य निर्वाचन गर्दैछ।
देवचुली नगर अस्पतालमा शव परीक्षण (पोष्टमार्टम) सेवा सुरु हुने भएको छ । नवलपुरको देवचुली नगरपालिकाले केही दिन अघि मात्रै उद्घाटन गरेको नव निर्मित अस्पताल भवनबाट शव परिक्षण सेवा सुरु गर्न लागिएको हो ।
गोरखाको पालुङटार नगरपालिका–९ सेराफाँटको चुक्ती खोलामा डेढ वर्षमा बन्ने मोटरेबल पुल छ महिनामै निर्माण समपन्न भएको छ ।
राष्ट्रिय सभा निर्वाचन अन्तर्गत मधेस प्रदेशमा अन्यतर्फ लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरले उम्मेदवारी दर्ता गराउनुभएको छ।
ताप्लेजुङमा सवारीसाधन कारबाहीबाट दुई लाख रुपियाँ बढी राजस्व सङ्कलन भएको छ । चालु आर्थिक वर्षको साउनदेखि मंसिर महिनासम्म पाँच महिनाको अवधिमा दुई लाख २७ हजार ५०० रुपियाँ राजस्व सङ्कलन भएको हो।
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त अरब इमिरेट्स (युएई)का आर्थिक मामिला सचिव अब्दुल्ला अहमद अल सालेहसँग भेटवार्ता गर्नुभएको छ ।
इन्डिजिनियस जेनजी कलेक्टिभले समानुपातिक समावेशी निर्वाचन प्रणालीको प्रणालीगत दुरुपयोग र असंवैधानिक अतिक्रमणको विरोधमा आज शान्तिपूर्ण सार्वजनिक प्रदर्शन गरेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खनिज-धनी, स्वशासित आर्कटिक टापु ग्रिनल्यान्डलाई आफ्नो नियन्त्रणमा ल्याउने विषयमा सैन्य विकल्पसमेत विचार गरिरहनु भएको ह्वाइट हाउसले मङ्गलबार पुष्टि गरेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि लमजुङबाट प्रत्यक्षतर्फको उम्मेदवारमा संस्थापक जिल्ला अध्यक्ष एवं केन्द्रीय संगठन विभागका सदस्य इन्जिनियर धर्म के.सी.लाई सिफारिस गरेको छ।
पहिले बेला-१ भनेर चिनिने एउटा खाली तेल ट्याङ्कर अमेरिका र रुसबिचको पछिल्लो तनावको केन्द्र बनेको छ ।
राष्द्रिय सभा सदस्य निर्वाचनका लागि सुदूरपश्चिमबाट नेकपा (एमाले), नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवारहरूले उम्मेदवारी दर्ता गरेका छन्। निर्वाचन कार्यक्रमअनुसार धनगढीस्थित निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गरिएको हो।
नेकपा (एमाले) का आठ जनाले राष्ट्रिय सभा सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन् । प्रमुख तीन दल (कांग्रेस), एमाले र जसपा) को सहमतिअनुसार एमालेको भागमा परेको उम्मेदवारले उम्मेदवारी दर्ता गराएका हुन् ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १३ दशमलव ३५ अङ्कले घटेर दुई हजार ६३५ दशमलव ९५ को बिन्दुमा कायम भएको छ।