• २४ पुस २०८२, बिहिबार

चुक्ती खोलामा छ महिनामै मोटरेबल पुल निर्माण

blog

गोरखाको पालुङटार नगरपालिका–९ सेराफाँटस्थित चुक्ति खोलामा ६ महिनामै निर्माण सम्पन्न भएको मोटरेबल पुल । तस्बिर साैजन्य : मोहन श्रेष्ठ

गुणबहादुर रोका 

सुलीकोट, पुस २३ गते । गोरखाको पालुङटार नगरपालिका–९ सेराफाँटको चुक्ती खोलामा डेढ वर्षमा बन्ने मोटरेबल पुल छ महिनामै निर्माण समपन्न भएको छ । निर्माण कम्पनीले दुत्र गतिमा काम अघि बढाएकाले डेढ वर्षमा बन्नुपर्ने मोटरेवल पुल छ महिनामै निर्माण सम्पन्न भएको पूर्वाधार कार्यालय गोरखाका प्रमुख गणेश सुबेदीले जानकारी दिनुभयो । 

गण्डकी प्रदेश अन्र्तगतको पुर्बाधार कार्यालय गोरखाको बजेटबाट चुक्ति खोलाको सेरामा निर्माण भएको मोटरेबल पुल २० मिटर लम्बाई र ८.४० मिटर चौडाई लामो सिंगल स्पाम आरसिसी प्राविधिको मोटरेबल पुल निर्माण सम्पन्न भएको हो । 

निर्माण सुरुभएदेखि नै नियमित अनुगमन, प्राविधिक टोलीको सक्रियता र मौसमको अनुकुलताका कारण काम तिब्र गतिमा अघि बढेको निर्माण कम्पनीले जनाएको छ । जिल्लामा अमृत निर्माण कन्ट्रक्सन प्रालिले पटकपटक समयमै काम समपन्न गरेपश्चात मुख्यमन्त्रीबाट सम्मान पनि पाउँदै आएको बताइएको छ । 

यसअघि पालुङटार नगरपालिका–९ मा रहेका स्थानिय बासिन्दाले चुक्तिखोलामा पानी बढ्दा सवारीसाधन र पैदल यात्रुहरुलाई जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता थियो । अब भने पुल निर्माणका कारण स्थानियबासी, विशेषगरी विद्यार्थी, किसान र व्यापारीलाई १२ महिना सवारीसाधन आवतजावतमा सहज हुने भएको पूर्व प्रधानाध्यापक चुडामणि अधिकारीले बताउनुभयो ।  

उक्त पुल निर्माणका लागि २०८२ असार २२ गते अमृत कन्ट्रक्सन प्रालि गोरखा नगरपालिका–१० छेपेटरसँग ४६ करोड ८० लाख ८ हजार ५६७ रुपियाँमा ठेक्का सम्झौता भएको थियो । 

पुल निर्माण सम्पन्न भने २०८३ साल पुस २१ ग्ते सम्पन्न गर्नु पर्ने सम्झौतामा उल्लेख भएतापनि निर्माण कम्पनीको कुशल व्यवस्थापनले गर्दा ६ महिनामै मोटरेबल पुल निर्माण समपन्न गरेको पूर्वाधार कार्यालय गोरखाले जनाएको छ । 

चुक्ति खोलामा पुल निर्माण सम्पन्न भएपछि पालुङटार नगरपालिका ६, ९, १०, ८ र ७ को व्यापारिक केन्द्र सेराफाँट बन्नुका साथै वर्खाको बेलामा चुक्ति खोला तरेर सयौँ विद्यार्थीहरु काठको फट्के बाट जोखिम मोलेर बिद्यालय जानुपर्ने बाध्यता अन्त्य भएको त्रिबेणी माध्यमिक विद्यालयका प्रधानध्यापक गणेश सेढाईको भनाइ छ । 

करिब २० मिटर लम्बाई र अत्याधुनिक पिल्लरसहित निर्माण भएको मोटरेबल पुल पूर्वाधार कार्यालय गोरखालाई पुस मसान्तसम्म हस्तान्त्रण गरिने निर्माण कम्पनीले जनाएको छ ।