शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
गोरखापत्र अनलाइन
काठमाडौँ, पुस २३ गते । नेकपा (एमाले) का आठ जनाले राष्ट्रिय सभा सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन् । प्रमुख तीन दल (कांग्रेस), एमाले र जसपा) को सहमति अनुसार एमालेको भागमा परेको उम्मेदवारले उम्मेदवारी दर्ता गराएका हुन् ।
एमाले महासचिव शङ्कर पोखरेलका अनुसार एमालेको तर्फबाट लीला भण्डारी (सुदूरपश्चिम), मीना रखाल (कर्णाली), रामकुमारी झाक्री (लुम्बिनी), सम्झना देवकोटा (गण्डकी), प्रेम दङ्गाल (बागमती), रेखा झा (मधेश), रोशनी मेचे (कोशी), र सोम पोर्तेल (कोशी) रहनु भएको छ । उहाँहरूले आज आफ्नो उम्मेदवारी दर्ता गराउनु भएकाे हाे।