चन्द्र पन्दाक
ताप्लेजुङ, पुस २३ गते । सशस्त्र प्रहरीले ताप्लेजुङका कैदीबन्दीलाई बुधबार खेलकुद सामग्री वितरण गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं १ गुल्म हेडक्वार्टर कञ्चनजङ्घाले २५ औं सशस्त्र प्रहरी दिवसको अवसरमा ताप्लेजुङ कारागारका कैदीबन्दीलाई खेलकुद सामग्री वितरण गरेको हो ।
जिल्ला कारागारमा एक कार्यक्रमको आयोजना गरी कैदीबन्दीलाई खेलकुद सामग्री वितरण गरिएको सशस्त्र प्रहरी बल नेपाल नं १ गुल्म हेडक्वार्टर कञ्चनजङ्घाका गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक प्रमोदप्रकाश पाठकले जानकारी दिनुभयो । सप्रनाउ पाठकका अनुसार भलिबल लगायतका खेलकुद सामग्री वितरण गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँको उपस्थितिमा कैदीबन्दीका लागि खेलकुद सामग्री कारागार कार्यालय प्रमुख कुलेन्द्र खबासलाई हस्तान्तरण गरिएको सप्रनाउ पाठकले जानकारी दिनुभयो । कैदीबन्दीको मनोरञ्जन र शारीरिक व्यायाम समेतमा सहयोग पु¥याउने उद्देश्यले खेलकुद सामग्री वितरण गरिएको उहाँले बताउनुभयो ।
उहाँका अनुसार स्थापना दिवसको अवसरमा जिल्लामा रहेका धार्मिक तथा सार्वजनिक स्थलमा सरसफाइका कार्यसमेत सशस्त्र प्रहरीले गरिरहेको छ । त्यस्तै सर्वसाधारण नागरिक तथा विद्यार्थीहरुमाझ सचेतनामुलक कार्यक्रम लगायतका गतिविधि पनि सञ्चालन गरिरहेको सशस्त्र प्रहरीले जनाएको छ ।