शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
राधा लुइटेल
फिदिम, पुस २३ गते । पाँचथरबाट प्रतिनिधि सभा सदस्यका लागि नेकपा (एमाले)का दुई जना केन्द्रीय सदस्य सहित सात जनाको नाम प्रदेश कमिटिमा सिफारिस भएको छ ।
सिफारिस गरिएकामा एमालेका केन्द्रीय सदस्यद्वय आइन्द्रसुन्दर नेम्वाङ र आशारत्न जवेगू सहित कोशी प्रदेश कमिटी सचिव राजकुमार भण्डारी र नेताहरु श्रीप्रसाद जवेगू, कृष्णराज आङदेम्बे, जयप्रकाश केरुङ र खगेन्द्र बाँस्कोटा रहनु भएको जिल्ला कमिटी अध्यक्ष बिमल सापकोटाले बताउनुभयो।
प्रदेश कमिटिको बैठकले जिल्लाबाट प्राप्त नाम पुनः केन्द्रीय कमिटिमा पठाउने र उम्मेद्वारको टुंगो केन्द्रीय कमिटीले नै गर्नुपर्ने एमालेको विधानले स्पष्ट पारेको छ ।