• २५ पुस २०८२, शुक्रबार

चुरेमा प्रहरीद्वारा ५१ हजार गाँजाका बोट नष्ट

blog

बर्दिवास ५ स्थित चुरे क्षेत्रमा पर्ने वरडाँडामा लगाइएको गाँजाको बोट नष्ट गर्दै महोत्तरी प्रहरी । तस्बिर : इलाका प्रहरी कार्यालय बर्दिवास

रवीन्द्र उप्रेती
बर्दिवास, पुस २४ गते ।
प्रहरीले चुरे भेगको दुर्गम क्षेत्रमा अवैध रूपमा लगाइएका गाँजाका बोटहरू फँडानी गरेको छ । बर्दिवास ५ को चुरे क्षेत्रको विकट वस्ति वरडाँडाका ४ विगाभन्दा बढी क्षेत्रफलमा लगाइएको गाँजा नष्ट गरिएको हो ।

जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक शैलेन्द्रकुमार भट्टको नेतृत्वमा इलाका प्रहरी कार्यालय बर्दिवास र गौशालाबाट ४६ जनाको प्रहरी टोलीले करिब ५१ हजार गाँजाका बोट काटेर नष्ट गरेको जनाइएको छ ।

फँडानी गरिएका गाँजाका हरिया बोटलाई प्रहरीले खेतमै जलाएर नष्ट गरेको छ । इलाका प्रहरी बर्दिवासका डिएसपी विकाश बमकाअनुसार फँडानीको क्रममा अहिलेसम्म कोही पनि पक्राउ परेका छैनन् ।