• २५ पुस २०८२, शुक्रबार

गैरसरकारी संस्था महासङ्घ नेपाल कञ्चनपुरको अध्यक्षमा तिरुवा

blog

सामूहिक तस्बिर लिँदै नयाँ पदाधिकारीहरू । तस्बिर : भवानीदत्त भट्ट

भवानीदत्त भट्ट
कञ्चनपुर, पुस २४ गते ।
गैरसरकारी संस्था महासङ्घ नेपाल, जिल्ला शाखा कञ्चनपुरको १२ औँ जिल्ला अधिवेशनबाट अध्यक्षमा अमिर तिरुवा चयन हुनु भएको छ । बुधबार सम्पन्न गैरसरकारी संस्था महासङ्घ नेपाल, कञ्चनपुरको २४ औँ साधारण सभा तथा १२ औँ जिल्ला अधिवेशनबाट तिरुवा सर्वसम्मत रूपमा अध्यक्ष चयन हुनु भएको हो ।

साथै उपाध्यक्षमा अञ्जु जोशी (भट्ट), सचिवमा शारदा जोशी, सहसचिवमा अम्बादत्त जोशी र कोषाध्यक्षमा नारु सिंह चयन हुनु भएको छ । समितिको सदस्यहरूमा सीता बोहरा, जानकी जोशी, दुर्गा बडूवाल, शिला रैका, ईश्वर उपाध्याय, नैन सिंह पाल, विनोद विक्रम जैरु, माया नेगी र लक्ष्मी चन्द चयन हुनु भएको छ ।

नयाँ नेतृत्वले जिल्ला भित्र रहेका गैरसरकारी संस्थाहरूको सुदृढीकरण गर्दै सामाजिक विकासमा योगदान दिने प्रतिबद्धता जनाएको छ । अधिवेशनको उद्घाटन कार्यक्रममा स्थानीय योजना, कानुन निर्माण प्रक्रियामा सहभागिता तथा संलग्नता, वकालत र दिगो विकासमा नागरिक सङ्घ संस्थाहरूको भूमिका विषयक बहुपक्षीय संवाद गरिएको थियो । कार्यक्रममा सहभागीहरूले गैर सरकारी संस्थाहरूले समाज रूपान्तणमा उल्लेख्य भूमिका निर्वाह गर्नु पर्ने साथै कोठे कार्यक्रममा मात्रै सीमित नहुने प्रतिबद्धता जनाएका छन् । साथै जनजीविकाका मुद्दालाई प्राथमिकतामा राख्नु पर्ने विषयमा विशेष जोड दिएका थिए ।

यसैबिच, गैरसरकारी संस्था महासङ्घ नेपाल, जिल्ला शाखा कञ्चनपुरमा आबद्ध सङ्घसंस्थाहरूले पत्रकार महासङ्घ कञ्चनपुरका अध्यक्ष सुरेश धामीको उपचारका लागि ७३ हजार ९०५ रुपियाँ आर्थिक सहयोग प्रदान गरेका छन् । यसैबिच, पत्रकार महासङ्घ शाखा कञ्चनपुरका महिला उपाध्यक्ष धर्मा रोकायाले गैर सरकारी संस्थाहरूले गर्दै आएका समग्र कार्यक्रम तथा गतिविधिको पत्रकार महासङ्घलाई पूर्व जानकारी गरी सहजीकरण गर्न आग्रह गर्नु भएको थियो ।