• २५ पुस २०८२, शुक्रबार

बहुउद्देश्यीय खेल मैदान निर्माण हुने

blog

हेटौँडा उपमहानगरपालिका –४ स्थित भुटनदेवी माध्यामिक विद्यालयको जग्गालाई बहुउद्देश्यीय खेल मैदानको रूपमा विकास गर्न छलफल गरिँदै ।

राममणि दाहाल

मकवानपुर, पुस २४ गते । हेटौँडामा बहुउद्देश्यीय खेल मैदान निर्माणको तयारी थालिएको छ । हेटौँडा उपमहानगरपालिका–४ स्थित भुटनदेवी माध्यामिक विद्यलयको पूर्वी क्षेत्र रहेको उपयोगविहीन अवस्थामा रहेको जग्गालाई बहुउद्देश्यीय खेल मैदानको रूपमा विकास गर्न लागिएको हो । 

हेटौँडा उपमहानगपालिका वडा ४ का वडाध्यक्ष नवीन सिग्देलले फुटबल, भलिवल, क्रिकेट, बाँस्केटबल लगायतको खेलहरू सञ्चालन, सार्वजनिक कार्यक्रम सञ्चालन गर्न र नियमित व्यायामका बहुउद्देश्यीय खेल मैदान निर्माण गर्न लागेको जानकारी दिनु भयो । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहनु भएका सिग्देलले तत्काल मैदानको सरसफाई कार्य अगाडि बढाइएको भन्दै वडा, उपमहानगरपालिका, प्रदेश, सङ्घीय सरकारको सहयोग जुटाएर सुविधा सम्पन्न खेल मैदान निर्माण गर्ने योजना बनाइएको बताउनु भयो । 

खेल मैदान निर्माण पश्चात् शैक्षिक संस्था, क्लबलगायतलाई विभिन्न खेल प्रतियोगिता आयोजना गर्न, र सङ्घसंस्था, सङ्गठन र दलहरूले विद्यालयको नीतिभित्र रहेर कार्यक्रम आयोजना गर्न सक्ने विद्यालयका प्रधानाध्यापक सूर्यप्रसाद घिमिरेले जानकारी दिनु भयो ।