• २६ पुस २०८२, शनिबार

रेसुङ्गामा ७० किलोमिटरभन्दा बढी सडक पक्की

blog

गुल्मीको रेसुङ्गा नगरपालिकामा चार किलोमिटर सडक पक्की । तस्बिर : रमेश विश्वकर्मा

रमेश विश्वकर्मा 
गुल्मी, पुस २५ गते ।
गुल्मीको रेसुङ्गा नगरपालिकामा चार किलोमिटरभन्दा बढी सडक पक्की भएको छ । चालु आर्थिक वर्ष २०८२/०८३ को हालसम्म यस नगरपालिकामा चार दशमलव ७१ किलोमिटर सडक कलोपत्रे र ढलान गर्ने कार्य सम्पन्न गरिएको नगरप्रमुख खिलध्वज पन्थीले जानकारी दिनुभयो । आम नागरिकलाई सडक यातायातमा सहजता प्रदान गर्नका लागि केन्द्र र प्रदेश सरकारसँग सहकार्य र समन्वय गरी नगरपालिका भित्रका सडक कालोपत्रे, ढलान र स्तरोन्नति गरिएको नगरप्रमुख पन्थीले बताउनुभयो ।

नगरपालिकाको लक्ष्यअनुसार हालसम्म ७० किलोमिटरभन्दा बढी सडक पक्की भएको उहाँले बताउनुभयो । चालु आवको हालसम्म वडा नम्बर– ९ मा पर्ने देउराली बगालेखोला हुँदै अर्घाखाँची जिपपर्क जोड्ने सडक ५०० मिटर कालोपत्रे, विद्युत कार्यालय उपल्लो तम्घास सडक ५५० मिटर कालोपत्रे, उपल्लो तम्घास सोता सडक १३० मिटर ढलान, विद्युत रिंगरोड ९० मिटर ढलान गरिएको छ । वडा नम्बर– १० मा पर्ने देउराली सिमिचौर बाँकी रहेको खण्ड ११ सय मिटर कालोपत्रे, सिमलारुख शिबुङ सडक १३० मिटर ढलान गरिएको हो । वडा नम्बर– ७ मा पर्ने जन्तेढुङ्गा सिस्नेहार सडक ८०० मिटर कालोपत्रे, अडबिसे छेंडा सडक ३५० मिटर कालोपत्रे, मौरीभिर अर्जुन सडक ७२ मिटर ढलान गरिएको नगरपालिकाले जनाएको छ ।

वडा नम्बर– २ मा पर्ने एभरग्रीन छापटोला सडक ६० मिटर ढलान, बाख्रेछेंडा पाकुरी सडक १७० मिटर ढलान, चेतेनेटा उकाली सडक १३० मिटर ढलान, मिलनचोक सिंचाइ कार्यालय सडक १३० मिटर कालोपत्रे भएको छ। नगरपालिकाका अनुसार तम्घास रेसुङ्गा सडक २२ मिटर ढलान, पराल्मीको ठुलाखोला सडक ४० मिटर ढलान, वडा नम्बर– ८ मा पर्ने मगराते टोल सडक ३० मिटर ढलान, पाँचदोबाटो सडक ११४ मिटर कालोपत्रे, वडा नम्बर– १३ मा पर्ने ढीकीडाँडा नुन्थला सडक ६४ मिटर ढलान र वडा नम्बर– ५ मा पर्ने सुपाखोला बर्दबास सडक ११० मिटर ढलान ढलान भएको छ। वडा नम्बर– ३ अन्तर्गत पर्ने मुख्य सडक तम्घास–भाडगाउँ–बाँझघाट–रातडाँडा सडकलाई अस्फाल्ट प्रविधिबाट कालोपत्रे गरी दीगो र गुणस्तरीय रुपमा सम्पन्न गर्नका लागि निर्माण कार्य तीव्र गतिमा अगाडी बढेको छ ।

बर्दबास–गोबाने सडक, खान्दुला–अत्रकाँडा–बालकाटे–भुवनपानी सडक, तम्घास–गोबाने–चेक्मी–मरेङखोला सडक, निन्निचौर–खन्निचौर–हर्राचौर सडक, झाक्रीसल्ला सडक, छापटोला–टुनिखोला–थुम्का–उर्लेनी–सेल्टाकुरा–बसारी–दोमै सडक स्तरोन्नतिको कार्य तीव्र गतिमा भइरहेको छ । राङगबास माविदेखि एयरपोर्ट चोकसम्म करिब तीन किलोमिटर सडक कलोपत्रे गर्ने कार्य अन्तिम चरणमा रहेको छ । सहिदचोक कल्भर्टलाई व्यवस्थित र सुरक्षित बनाउने उदेश्यका साथ निर्माण कार्य तीव्र गतिमा अगाडि बढेको छ । बुकुराबारी–गहते सडक, बालकाटे–अत्रकाँडा सडक र पिपलारुख–बालकाटे–भुवनपानी सडकको स्तरोन्नति गर्ने कार्य अगाडि बढाइएको उहाँले बताउनुभयो । त्यसैगरी सिमाघाटदेखि गोपे जाने सडकको पनाहखोला र रैदी खोलामा पक्की पुल निर्माणको सुरुवात गरिएको छ ।