कास्की समाचारदाता
कास्की, पुस २५ गते । पद्याप्रेम थिएटरको प्रस्तुतिमा बिहीबारबाट ‘मृत्यु यस्तो हुनु हुँदैन’ मञ्चन सुरु भएको छ । पोखरा थिएटर गैह्रपाटनमा नाटक चार दिनमा पाँच सो मञ्चन हुने छ । नाटकका लेखक तथा पद्याप्रेम थिएटरका अध्यक्ष सावित्री पाठक सबुका अनुसार मध्यम वर्गीय परिवारमा एकल महिलाले आफ्ना छोराछोरीलाई सही बाटोमा डो¥याउन खोज्दाखोज्दै पनि कसरी गलत बाटोमा फस्छन् भन्ने नाटकले उजागर गर्छ । नबुझी वैदेशिक रोजगारीमा जाँदा कसरी ठगिन्छ भन्ने विषयवस्तुलाई पनि नाटकमा उठान गर्न खोजिएको उहाँले बताउनुभयो ।
पञ्चसुब्बा गुरुङ र शीतला अधिकारीले निर्देशन गर्नुभएको नाटकमा शीतला अधिकारी, अविशेष भुसाल, रोशनी रामदाम, प्रदीप गौतम (प्रमोद), प्रतिमा गुरुङको अभिनय रहेको छ । निर्देशक गुरुङको मञ्च परिकल्पना तथा प्रकाश रहेको नाटकको पोस्टर डिजाइन सुरक्षा दाहाल, सङ्गीत जय चापागाईंको रहेको छ ।