• २६ पुस २०८२, शनिबार

रङ्गकर्मी वीरेन्द्र मुखियाको निधन

blog

काठमाडौँ, पुस २५ गते । रङ्गकर्मी वीरेन्द्र मुखियाको निधन भएको छ । ४४ वर्षीय मुखियाको बुधबार साँझ निधन भएको हो । काम सकेर साँझ घर फर्किंदै गर्दा अचानक बाटोमा उहाँलाई बान्ता भएको र चाबहिलस्थित ओम अस्पताल पु¥याउँदा डाक्टरले हृदयाघातबाट उहाँको निधन भएको जनाएको रङ्गकर्मी राज पङ्गेनीले बताउनुभयो । 

आमसांस्कृतिक महासङ्घका कोषाध्यक्षसमेत रहनुभएका मुखियाले ‘कथा एक्प्रेस’, ‘कथादेश २.५’, ‘कथादेश ३’, ‘लु’ ‘ढल्केको सालेजौ’ लगायत दर्जनभन्दा बढी नाटकमा अभिनय गर्नुभएको छ । साथै उहाँले विभिन्न चलचित्र, टेलिचलचित्र र म्युजिक भिडियोमा पनि अभिनय गर्नुभएको थियो । 

वीरगन्जस्थित विन्ध्यवासिनी गाउँपालिका मानिपुर बेलाहा निवासी मुखिया पछिल्लो समय भोजपुरी टेलिसिरियल नेपालबाट नै बनाउनमा सक्रिय हुनुहुन्थ्यो । उहाँका श्रीमती, एक छोरा र एक छोरी छन् । उहाँको शव बुधबार नै दाहसंस्कारका लागि उहाँको गाउँ लगिएको रङ्गकर्मी आशान्त शर्माले जानकारी दिनुभयो ।