२०७९ असोज २५ गते ‘सरकारी कर्मचारी तथा अन्तर्गतका निकाय र संस्थाका कर्मचारी तथा शिक्षकले पालना गर्नुपर्ने आचरण सम्बन्धमा’ निर्वाचन आयोगले प्रेस विज्ञप्ति जारी ग-यो। यसै विषयमा त्रिभुवन विश्वविद्यालयले पनि केही दिनअघि सूचना जारी ग-यो भने वाल्मीकि विद्यापीठका प्रमुख प्रा. डा. भागवत ढकालले पनि आफ्ना क्याम्पसका प्राध्यापक तथा कर्मचारीलाई निर्देशन जारी गर्नुभयो।
अहिले मुलुक पूर्ण रूपमा चुनावमय भएको छ। हामी दोस्रो आवधिक सङ्घीय र प्रदेश चुनावको सँघारमा छौँ। प्रतिनिधि सभाका २७५ सदस्य र त्यसको दुई गुणा प्रदेश सदस्य चुन्न गइरहेका छौँ। दलहरूले सकसपूर्ण टिकट वितरणको काम सकेर निर्वाचन आयोगमा प्रत्यक्ष र समानुपातिकतर्फको नामावली दर्ता गरिसकेका छन्। यसअघि महिलाले प्रत्यक्षमै एक तिहाइ महिला उम्मेदवार बनाउनुपर्ने भनेर कुर्लिए पनि अहिले उनीहरू चुपचाप छन्। आफूलाई जिम्मेवार सम्झने दलले बुझाएको र प्रारम्भिक तथ्याङ्कअनुसार ९ प्रतिशत मात्र महिला उम्मेदवार भएको तथ्याङ्क बाहिर आएको छ। अब संविधानको धारा ८४ (८) मा व्यवस्था भएअनुसार ८४ (१, ख) बमोजिम सो प्रतिशत पु¥याउन निर्वाचित गर्नुपर्ने देखिन्छ।
नेपालको राजनीतिक इतिहासको पृष्ठभूमि हेर्दा हरेक कालखण्डमा नेपाली जनताले आफ्नो स्वतन्त्रता र समानताको अधिकार प्राप्तिका लागि निरङ्कुश सत्ताका विरुद्ध सङ्घर्ष गर्नु परेको इतिहास ताजै छ । वि.सं. २०४६ को जनआन्दोलनले नेपाली जनतालाई पहिलो पटक स्वतन्त्र, सार्वभौमसत्तासम्पन्न र राज्यशक्तिको स्रोत जनता नै हो भन्ने अभिव्यक्त नेपाल अधिराज्यको संविधान, २०४७ को प्रस्तावनामा उल्लेख गरियो।
सुदूर पश्चिमेली नेपाली समाज क्यूशु क्षेत्रीय समिति जापानको चौथो अधिवेशनबाट कविराज अवस्थी अध्यक्षमा निर्वाचित हुनु भएको छ । समितिको हालै सम्पन्न अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको हो ।
कतिपय अर्थविद् तथा अर्थराजनीतिक विश्लेषकले अर्थतन्त्रमा चौतर्फी रातो बत्ती बलेको उद्घोष गरेका छन्। धेरैले अर्थतन्त्रमा श्रीलङ्का कहर हटेको छैन भनेका छन्। कतिपयले नेपाली अर्थतन्त्र जगबिनाको, रेमिट्यान्समुखी र आयातमुखी भनेका छन्। अर्थतन्त्रको दिगो सुधारका लागि उपाय सुल्झाउने विश्लेषक धेरै कम छन्। मुलुक आर्थिक हिसाबले निकै कमजोर छ। थुप्रै राजनीतिक परिवर्तन भइरहँदा पनि नेपालको विद्यमान अर्थव्यवस्था सुधार हुन सकेको छैन ।
लमजुङको दोर्दी खोलामा निर्माण सम्पन्न भएको २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनाले कात्तिकदेखि व्यापारिक उत्पादन थाल्ने भएको छ । दोर्दी गाउँपालिका–६, ढोडेनी भएर बग्ने दोर्दी खोलामा लिबर्टी इनर्जी कम्पनी लिमिटेडले निर्माण गरेको यो आयोजनाबाट परीक्षण उत्पादन सुरु भइसकेको छ र उत्पादित बिजुली केन्द्रीय प्रणालीमा थपिएको छ । आयोजनाका प्रवद्र्धक कम्पनीका सञ्चालक राजेन्द्र वस्तीका अनुसार आयोजनाले निर्माण पूरा गरी शुक्रबारदेखि परीक्षण उत्पादन सुरु गरेको हो ।
कोरोना भाइरस सङ्क्रमणले लामो समय थलिएको पर्यटन व्यवसाय मौसममा आएको सुधारले पुनः मौलाउन थालेको छ। कोरोनाकालपछिका अधिकांश मौसम पर्यटकको बाटो कुर्दै आएका व्यवसायीहरू पछिल्लो समय बाह्य पर्यटकको बढ्दो आगमनले व्यस्त हुन थालेका छन्। होटल, रिसोर्ट, होमस्टेमा आन्तरिक र बाह्य पर्यटकको बुकिङ धमाधम भइरहेको छ। होटलका सभाहलसमेत तालिम, गोष्ठी, भेला आदि कार्यक्रमका लागि बुकिङ हुन थालेका छन्। आन्तरिक हवाई भरिभराउ छन्।
कोभिड–१९ का कारण व्यवसाय प्रभावित भएको भन्दै भैरहवाका होटल व्यवसायीले साँवा र ब्याज नतिर्ने घोषणा गरेका छन् । भैरहवा तथा आसपासका होटल व्यवसायीले असोजमा बैङ्कको त्रैमासिक साँवा र ब्याज नतिर्ने घोषणा गरेका हुन् । शनिबार पत्रकार सम्मेलन गरी उहाँहरूले कोभिड–१९ का कारण व्यवसाय सञ्चालन हुन नसकेको र सरकारले पुनरुत्थानका लागि प्रभावकारी नीति र कार्यक्रम नल्याएका कारण बैङ्कको साँवा र ब्याज तिर्न नसक्ने जनाएका हुन् ।
निजी क्षेत्रले अर्थतन्त्रमा पु-याएको योगदान अध्ययन गर्न नेपाल उद्योग वाणिज्य महासङ्घ र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)बीच सहमति भएको छ । दुवै संस्थाको सहकार्यमा तयार हुने यो प्रतिवेदनले निजी क्षेत्रको लगानीबाट मुलुकको विकासमा पारेको प्रभावबारे अध्ययन, विश्लेषण हुने र नीतिगत सुझाव प्रस्तुत गर्ने बताइएको छ । यो प्रतिवेदनले निजी क्षेत्रको योगदान सम्बन्धमा नीतिगत बहसका लागि आवश्यक जानकारी उपलब्ध गराउने उद्देश्य लिएको महासङ्घले जनाएको छ ।
चालू आर्थिक वर्षको पहिलो तीन महिनामा इन्धन आयातबाट झन्डै १४ अर्ब रुपियाँ राजस्व सङ्कलन भएको छ । नेपाल आयल निगमले चालू आर्थिक वर्षको साउनदेखि असोज २७ गतेसम्म छ लाख किलोलिटर पेट्रोलियम पदार्थ (डिजेल, पेट्रोल, मट्टीतेल, हवाई इनधन र ग्यास) आयात गरेर १४ अर्ब ३७ करोड रुपियाँ राजस्व सङ्कलन भएको हो ।
दशैँ सकिएसँगै सुनसरीको विभिन्न स्थानमा दीपावली र छठको चहलपहल बढेको छ । दीपावली र छठ नजिकिँदै जाँदा यी पर्वलाई लक्षित गर्दै डुम (मरिक) समुदायले बाँसको चोयाबाट बनाएका सामग्रीको बजारमा माग अत्यधिक बढेको छ । माग बढेकाले तराईका हाटबजारमा बाँसको सामग्रीको बिक्री पनि बढेको इनरुवा नगरपालिका–२ का राम मरिकले बताउनुभयो । विगतमा अरू बेला खासै बाँसको सामग्री बिक्री नहुने तर छठ आउन दुई साता बाँकी छँदै हाटबजारमा यी सामग्रीको माग र बिक्री बढेको राम मरिकले बताउनुभयो ।
आइतबार देखि नेपालको अधिकांश स्थानबाट यस वर्षको मनसुन बाहिरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस वर्ष २२ जेठ गते नेपालको पूर्वी भूभागबाट मनसुन प्रवेश गरेको थियो ।
अब सङ्घीय निजामती सेवामा प्रवेश गर्ने सबै सेवा, समूह र श्रेणी वा तहका कर्मचारीले अनिवार्य रूपमा सेवाकालीन तालिम लिनुपर्ने व्यवस्था गरिँदैछ। सार्वजनिक सेवाको जिम्मेवारी वहन गर्नसक्ने जनशक्ति तयार गर्न यस्तो तालिम सबै कर्मचारीलाई अनिवार्य गर्न लागिएको छ।
आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि सत्तारुढ गठबन्धनको मुख्य दल नेपाली काँग्रेसले सुदूरपश्चिमका १६ मध्ये ९ क्षेत्रमा उम्मेदवार उठाउन पाएको छ । यस्तै प्रदेशका ३२ मध्ये १८ क्षेत्रमा काँग्रेसका उम्मेदवार छन् ।
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत म्याग्दीको बेनीस्थित कभर्ड हलमा जारी तेक्वान्दो खेलको पुम्सेतर्फको विधाको उपाधिमा नेपाली प्रहरीले वर्चस्व कायम राखेको छ ।