• १३ साउन २०८१, आइतबार

नेपालबाट लगभग बाहिरियो मनसुन प्रणाली

blog

काठमाडौँ, असोज ३० गते । आइतबार देखि नेपालको अधिकांश स्थानबाट यस वर्षको मनसुन बाहिरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस वर्ष २२ जेठ गते नेपालको पूर्वी भूभागबाट मनसुन प्रवेश गरेको थियो ।

आइतबार मनसुन बहिर्गमन भएसँगै मौसम सम्बन्धी चेतावनी तथा परामर्श नभएको महाशाखाले सूचना मार्फत जानकारी गराएको छ । मनसुनको सामान्य प्रभाव प्रदेश १ मा रहेको छ भने बाँकी सबै प्रदेशबाट मनसुनी प्रणाली बाहिरिएको छ ।

सरदर अक्टोबर २ (१६ असोज) मा नेपालबाट बाहिरिने भए पनि यस वर्ष केही दिन ढिलो गरी मनसुन बाहिरिन सुरु भएको महाशाखाले जनाएको छ ।