नवौँ राष्ट्रिय खेलकुदको महिला फुटबलमा विभागीय त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । वालिङमा आइतबार भएको खेलमा आर्मीले सुदूरपश्चिम प्रदेशलाई ११–० गोलले हरायो ।
प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दलहरु मिलेर देशको गरिबी हटाउनुपर्ने बताउनुभएको छ।
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत म्याग्दीको बेनीमा जारी महिला भलिबलमा एपीएफले जित निकालेको छ । बेनीको खुला मञ्च मैदानमा आइतबार भएको खेलमा एपीएफले त्रिभुवन आर्मीलाई ३–१ को सेटमा हरायो ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत शारीरिक सुगठनको पहिलो स्वर्ण गण्डकी प्रदेशले जितेको छ । पोखरा सभागृहमा भएको शारीरिक सुगठनतर्फको ५५ किलोग्राम तौल समुहमा गण्डकीका विवेक हमालले स्वर्ण जित्नुभएको हो ।
नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत आइतबार बुद्धिचाल प्रतियोगितामा खुलातर्फको क्लासिकल इभेन्टमा एनआरएनका आशिष फुयाँलले एकल अग्रता कायम गर्नुभएको छ ।
थ्री बाइ थ्री महिला बास्केटबल प्रतियोगितामा गण्डकी प्रदेश, एपीएफ र त्रिभुवन आर्मीले जित हासिल गरेका छन् । आइतबार बिहान भएको खेलमा गण्डकी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई १७–७ स्कोरले पराजित गरेको हो ।
नवौं राष्ट्रिय खेलकुदअन्तर्गत आइतबार जारी प्याराग्लाइडिङ खेल्ने क्रममा निसिम थापाको दुर्घटनामा परी मृत्यु भएको छ । पोखरा महानगरपालिका १८ स्थित सराडकोटको आकाशमा भएको क्रस कन्ट्री प्याराग्लाइडिङ भइरहेको ब्ल्यूस्काई कम्पनीको पाराग्लाइडिड आकासमा उडिरहेको थियो ।
शताब्दी पुरूष सत्यमाेहन जाेशीकाे पार्थिव शरीर ललितपुर महानगरपालिकाे परिसरमा अन्तिम श्रद्धाञ्जलिकाे लागि राखिएकाे छ । बिहान निधन हुनुभएकाे १०३ वर्षीय जाेशीकाे किस्ट शिक्षण अस्पतालमा मृत्यु भएकाे हाे ।
नेपाली कांग्रेसका नेता तथा पूर्व उपप्रधानमन्त्री कृष्णप्रसाद सिटौलाले संविधानको सही कार्यान्वयन हुन नसक्दा अहिले पनि परिवर्तनमाथि धावा बोल्ने काम भइरहेको बताउनुभएको छ ।
नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत बेनीमा जारी राष्ट्रिय महिला भलिबलको आइतबार सम्पन्न पहिलो खेलमा एपिएफ विजयी भएको छ । लिगचरणको खेल अन्तर्गत आइतबार बेनीको खुल्ला मञ्च भएको प्रतियोगितामा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले शसस्त्र प्रहरीको एपिएफलाई ३–१ को सेटमा पराजित गर्दै आर्मीले जित निकालेको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवाले शताब्दी पुरुष सत्यमोहन जोशीको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री देउवाले आइतबार सामाजिक सञ्जाल ट्विट मार्फत जोशीप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको हो ।
चार महिनाअघि काठमाडौमा भएको ४४ औँ राष्ट्रिय एथलेटिक्समा जयरानी चार स्वर्ण र एक रजतसहित सहभागी सबै विधामा पदक जितेर सर्वोत्कृष्ट खेलाडी बन्नुभयो । त्यसपछि जयरानीको चर्चा चुलिएको हो । अहिले नवौँ राष्ट्रिय खेलकुदमा पनि हेर्नलायक खेलाडीमध्ये एक हुनुहुन्छ ।
नवौं राष्ट्रिय खेलकुद अन्तर्गत फुल कन्ट्याक्ट करातेमा गण्डकी र नेपाल आर्मीले समान तीन तीन स्वर्ण जितेका छन् ।
नवौं राष्ट्रिय खेलकुद अन्तर्गत खोखो प्रतियोगितामा विभागीय टिम नेपाल आर्मी क्लबले विजय सुरुआत गरेको छ । पोखरा रंगशालास्थित ह्यान्डबल एकेडेमीमा आइतबारको उद्घाटन खेलमा सुदूरपश्चिम प्रदेश १२–११ ले स्कोरले हरायो ।
महिला चार सय मिटर हर्डस्समा पनि आइतबार बिहान सुरुमा हिट चरण हुने भनिएको थियो । तर १२ खेलाडी सहभागी यो इभेन्ट्समा पाँच खेलाडी सहभागी नहुँदा सीधै फाइनल खेलाइयो ।