लगातारको वर्षाले देशभर ढुवानसँगै गएको बाढी पहिरोका कारण किसानले लगाएको धान खोतिमा क्षति पुर्याएको छ । आइतबार देखि देशभरबाट मनसुन बाहिरिएसँगै किसानहरूले खेतमा लटरम्म फलेका धान थन्क्याउन सुरु गरेका छन् ।
आगामी मङ्सिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा आ–आफ्नो पक्षमा जतमत बटुल्न यतिबेला दलहरू आकर्षक नारा र कार्यक्रमसहितको घोषणापत्र लेखनको गृहकार्यमा जुटेका छन्। असोज तेस्रो सातासम्म निर्वाचनमा टिकटका आकाङ्क्षीको व्यवस्थापन कसरी गर्ने भनेर भ्याइनभ्याइ भएका दलहरूलाई उम्मेदवारी दर्तापछि घोषणापत्र लेखनको चटारो सुरु भएको हो।
नेपालको शहरी क्षेत्रको जनसङ्ख्या ६६.०८ प्रतिशत पुगेको छ । जनगणना २०७८ को प्रारम्भिक तथ्याङ्क अनुसार शहरी क्षेत्रमा बसोवास गर्नेको जनसङ्ख्या २०६८ को जनगणनाको परिणामभन्दा बढेको शहरी विकास मन्त्रालयका सहसचिव रामचन्द्र दङ्गालले जानकारी दिनुभयो । २०६८ सालमा शहरी क्षेत्रको जनसङ्ख्या ६३।१९ प्रतिशत थियो । त्यसबेला ग्रामीण भेगको जनसङ्ख्या ३६.८१ प्रतिशत थियो ।
झापामा पहिलो पटक साहसिक खेल ‘एड्भेन्चर कोम्बो इभेन्ट’ सहितका नौलो कार्यक्रम हुने भएको छ। झापाको दमक–१० स्थित इन्द्रेणी तालमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले हुने एड्भेन्चर कम्बोसहित म्याराथन दौड, पौडी र बेलुन टप समावेश हुनेछ।
वीरेन्द्रनगर नगरपालिका–८ का मेनका आचार्यले स्थानीय निर्वाचनमा सहयोगीमार्फत मतदान गर्नुभयो। यद्यपि आफूले भनेअनुसार मतदान गर्न चाहेको चिह्नमा मत गयो कि गएन, उहाँ विश्वस्त हुनुहुन्छ ? मेनकाले भन्नुभयो, “मतदानमा सहयोग गर्नेले कुन चिह्नमा छाप लगाए ? म अझै ढुक्क हुन सकेको छैन।” प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन मङ्सिर ४ गते हुँदैछ। यद्यपि निर्वाचनले मेनकालाई खासै छोएको छैन। उहाँले भन्नुभयो, “आफैँले कसलाई भोट हालेँ भनेर थाहा नपाएसम्म चुनावको खासै रमाइलो नहुने रहेछ।”
पहिरोले क्षति पु-याएको हिल्दुम साना जलविद्युत् आयोजनाको नहर जनश्रमदानबाट मर्मत सुरु भएको छ। मर्मतका लागि बजेटको तत्काल व्यवस्था हुन नसकेपछि स्थानीय प्रशासन, सुरक्षाकर्मी, स्थानीयको सहभागितामा मर्मत थालिएको जनाइएको छ। हिल्दुम विद्युत् वितरण केन्द्रका प्रमुख साजन ऐडीले पहिरोबाट क्षति पुगेको करिब ४० मिटर नहरको मर्मत गर्ने काम जनश्रमदानबाट सुरु भएको जानकारी दिनुभयो।
बाजुराका अधिकांश गाउँबस्तीबाट समथर, तराई र सहरी क्षेत्रतर्फ बसाइँ सर्ने क्रम पछिल्लो समय बढ्दै गएको छ। बर्सेनि बाढीपहिरोले गाउँबस्तीमा क्षति पु-याउन थालेपछि बसाइँ सर्ने क्रम बढेको हो। हिमाली गाउँपालिका–४, बोर्ताका कर्णवीर भण्डारीले पहिरोले गाउँबस्तीमा बास बस्न नसकिने अवस्था भएपछि ज्यान जोगाउनकै लागि बस्ती छाडेर सुरक्षित स्थानमा सर्नु परेको बताउनुभयो।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ‘आत्मनिर्भरताका लागि कृषि उत्पादन कार्यक्रम’ सञ्चालन गर्न कार्यविधि तयार गरेको छ । यो कार्यविधिलाई अर्थ मन्त्रालयले स्वीकृति दिन बाँकी छ । कृषि मन्त्रालयका सहसचिव डा. राजेन्द्र मिश्रले ‘आत्मनिर्भरताका लागि कृषि उत्पादन’ कार्यक्रम तिहारपछि कार्यान्वयनमा आउने जानकारी दिनुभयो ।
घोराही उपमहानरपालिका–१४ की प्रेमकुमारी पुनमगर अल्लो उद्योगसँग जोडिएको वर्षौं भइसक्यो । लामो समय शिक्षण पेसामा रहनुभएकी उहाँ करिब दुई दशकदेखि अल्लोको धागो उत्पादन, धागोबाट तयारी कपडा बनाउनेसँगै कपडाको बजारीकरण गर्ने व्यवसायमा व्यस्त हुनुहुन्छ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको अनुगमन टोलीले ओसो पियोर ड्रिङ्किङ वाटर नामक उद्योगमा सिलबन्दी गरेको छ । विभागका निर्देशक होमनाथ भट्टराईले विभागको अनुगमनमा खटिएको टोलीले अनुज्ञापत्र नलिई पानी उत्पादन गरेर बिक्री वितरण गरेकाले यो उद्योगमा सिल गरिएको जानकारी दिनुभयो ।
मतदाता नामावलीमा नाम भएका कुनै पनि मतदाताले आफ्नो परिचय खुल्ने परिचयपत्रको आधारमा मतदान गर्न पाउने भएका छन्। मतदाता नामावलीमा नाम भएका व्यक्तिले आफ्नो स्पष्ट पहिचान खुल्ने नागरिकता, सवारी चालक अनुमतिपत्र, लालपुर्जा वा कुनै पनि सरकारी कार्यालयले जारी गरेको परिचयपत्रका आधारमा मतदान गर्न पाउने निर्वाचन आयोगले जनाएको छ।
सर्वोच्च अदालतले रुपन्देही क्षेत्र नं. २ मा नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार राजु गुरुङको मनोनयन रद्द गर्ने निर्वाचन अधिकृतको कार्यालयको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासले कात्तिक २ गतेसम्म निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो।
निर्वाचन आयोगले राजनीतिक दलको निर्वाचन चिह्न लौरोलाई स्वतन्त्र उम्मेदवारको चिह्न भनी प्रचारप्रसार गर्ने नौजना स्वतन्त्र उम्मेदवारसँग स्पष्टीकरण सोधेको छ।
पाल्पामा डुबेर दुई जनाको मृत्यु भएको छ। तानसेन–२, नारायणस्थानस्थित पोखरीमा पौडी खेल्ने क्रममा डुबेर तानसेन टुंडिखेलका १२ वर्षीय सुजल पराजुलीको मृत्यु भएको छ।
प्रधानमन्त्री शेरबहादुर देउवाले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ ।