• २० असोज २०८१, आइतबार

पानी उद्योगमा सिलबन्दी

blog

काठमाडौँ, असोज ३१ गते । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको अनुगमन टोलीले ओसो पियोर ड्रिङ्किङ वाटर नामक उद्योगमा सिलबन्दी गरेको छ । 

विभागका निर्देशक होमनाथ भट्टराईले विभागको अनुगमनमा खटिएको टोलीले अनुज्ञापत्र नलिई पानी उत्पादन गरेर बिक्री वितरण गरेकाले यो उद्योगमा सिल गरिएको जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “कहिलेबाट पानी उत्पादन गर्दै आएको हो, पानीको गुणस्तरलगायतका सबै कागजात एक साताभित्र विभागमा पेस गर्न निर्देशन दिएका छौँ । उद्योगले बुझाएका कागजात हेरेर कारबाही अगाडि बढाइनेछ ।”

नुवाकोटको ओखरपौवामा रहेको यो उद्योगले पानी उत्पादन गरेर काठमाडौँ उपत्यकालगायतका बजारमा बिक्री गर्दै आएको थियो । 

विभागले प्रशोधित पिउने पानीको नयाँ मूल्य तोकेसँगै आकस्मिक अनुगमनलाई तीव्रता दिएको छ । विभागले जार र बोतलको मूल्य तोकेसँगै त्योअनुरूप उद्योगीले कार्यान्वयन गरे वा नगरेको विषयमा गएको बुधबारदेखि नै आकास्मिक अनुगमन सुरु गरेको हो । 

विभागको आकस्मिक अनुगमन टोलीले उपत्यकामा सञ्चालित विभिन्न पानी उद्योग र पानी बोक्ने गाडीको अनुगमन गरी तोकेको अधिकृत खुद्रा मूल्यअनुसार कार्यान्वयन नगरेका उद्योगका पानी सप्लाई गाडी नियन्त्रणमा लिई तोकेको मूल्यमा कारोबार गर्ने सर्तमा छोडेको जनाएको छ ।