• ११ असोज २०८१, शुक्रबार

इन्द्रेणी तालमा ‘एड्भेन्चर कोम्बो इभेन्ट’

blog

विष्णुप्रसाद पोखरेल

दमक, असोज ३१ गते । झापामा पहिलो पटक साहसिक खेल ‘एड्भेन्चर कोम्बो इभेन्ट’ सहितका नौलो कार्यक्रम हुने भएको छ। झापाको दमक–१० स्थित इन्द्रेणी तालमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले हुने एड्भेन्चर कम्बोसहित म्याराथन दौड, पौडी र बेलुन टप समावेश हुनेछ।

इन्द्रेणी ताल संरक्षण तथा व्यवस्थापन समितिका अनुसार कार्यक्रम कात्तिक ६ मा उद्घाटन गरिनेछ। कार्यक्रमको अन्तिम तयारी गर्न करिब एक महिना लाग्ने भएकाले मङ्सिर १० देखि १४ गतेसम्म प्रतियोगिता गरिने इन्द्रेणी ताल संरक्षण तथा व्यवस्थापन समितिका अध्यक्ष गोपाल राईले बताउनुभयो।

एक महिनामा आवश्यक पर्ने तयारी पूरा गर्ने र कतिपय संरचना बनाउनुपर्ने भएकाले बनाइसक्ने राईले जानकारी दिनुभयो। एड्भेन्चर कम्बोका विजेताले नगद ५० हजार प्राप्त गर्ने र अन्य विभिन्न साहसिक खेलका विजेताले १०÷१० हजार नगद पुरस्कार पाउने पनि राईको भनाइ छ। समितिका सदस्य विनोद न्यौपानेका अनुसार ‘एड्भेन्चर कोम्बो इभेन्ट’अन्तर्गत सहभागीले पाँच मिनेट समयमा ३० मिटर बनाना ट्री रन, ९० मिटर साइकिलिङ रन, २० मिटर मङ्की वाक, ३० मिटर वेट क्यारी (पुरुष ५० र महिला ४० केजी), बेलुन कलेक्सन २० मिटर, जिपलाइन ७० मिटर, हिल क्लाइम्ब, बम्बो वाक, बोट क्रावलिङ, टेबल रन ३० मिटर र बर्जर हिट चरण पार गर्नुपर्नेछ।