नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले सत्तागठबन्धन संविधान र लोकतन्त्रको रक्षा गर्नका लागि बनेको बताउनुभएको छ ।
गृहमन्त्री बालकृष्ण खाणले बर्सेनि आपराधिक घटना बढिरहेकाले नेपालमा पनि सुरक्षा चुनौती थपिएको बताउनुभएको छ । गृहमन्त्री खाणले विश्वमा नै वर्षेनी अपराधिक घटना बढिरहेको भन्दै यसको चुनौती नेपालमा पनि बढ्दै गएको बताउनुभएको हो ।
मङ्सिर ४ मा हुने प्रतिनिभिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि तीन वटा प्रदेशमा समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र ढुवानी सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ ।
मङसिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा स्याङ्जाको क्षेत्र नम्बर १ मा दुई उम्मेदवार तेस्रो पटक भिड्ने भएका छन् । नेकपा एमालेबाट गण्डकी प्रदेश कमिटी सदस्य नारायणप्रसाद मरासिनी र नेपाली काँग्रेस (सत्ता गठबन्धन) बाट जिल्ला सभापति राजु थापा भिड्ने भएका हुन् ।
शेख रसेल कप अन्तर्राष्ट्रिय आमन्त्रण टिम चेस च्याम्पियनसिपमा नेपालले दोस्रो हार खेपेको छ ।
प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि प्युठानमा सत्ता गठबन्धन र एमाले गठबन्धन प्रतिस्पर्धामा छन् । राष्ट्रिय जनमोर्चाका केन्द्रीय उपाध्यक्ष दुर्गा पौडेल र नेकपा एमालेका पोलिट्ब्युरो सदस्य सूर्य थापा अहिले प्रतिनिधिसभाका लागि आमनेसामने हुनुहुन्छ । दुबै प्रत्याशीका पुख्यौली घर समेत एउटै पालिकामा पर्छ ।
आज ६७ औँ प्रहरी दिवस विभिन्न कार्यक्रमका साथ भव्यरुपमा मनाइएको छ । प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा सो कार्यक्रम आयोजना गरिएको हो ।
युरो नेपाल कलाकार सङ्घ बेल्जियमले देउसी भैलो शुभकामना साँझ कार्यक्रम सम्पन्न गरेको छ । एन्टरपेन शहरमा बेनेलक्स र यूरोपियन युनियनका लागि राजदूत गेहेन्द्र राजभण्डारीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
प्रधानमन्त्री शेरबहादुर देउवाले गरिबी निवारण नीति, १५औँ योजना, दिगो विकास लक्ष्य, सार्क तथा बिमस्टेक गरिबी निवारण कार्य योजना अन्तर्गत गरिबी निवारणका कार्यक्रम अगाडि बढाइरहेको बताउनुभयो ।
बलिउडका विभिन्न नायिकासँग अफेयर तर विवाहसूत्रमा नबाँधिएको प्रकरण, बलिष्ठ शरीर अनि बाहुबलि हिरो, हरिण मारेको ओरोपितजस्ता विविध कारणले प्रायः चर्चा र विवादमा आइरहने कलाकार हुनुहुन्छ, सलमान खान। तर उहाँको दानवीर र दयालु स्वभावका विषयमा भने कमै चर्चा हुन्छ।
पौभाकलाका सिद्धहस्त शिल्पी कलाकार उजय वज्राचार्यले ‘पौभा ह्वेयर दी डिभिनिटिज रिसाइड’ पुस्तक लेख्नुभएको छ। ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति केके कर्माचार्य र ललितपुर महानगरका उपमेयर मञ्जली शाक्य वज्राचार्यले पुस्तक लोकार्पण गर्नुभयो। पौभाका बारेमा आजका दिनमा कलाकारहरू आफैँले खोज, अनुसन्धान गरी पुस्तक प्रकाशन गर्नु सुखद पक्ष रहेको पनि कुलपति कर्माचार्यले बताउनुभयो। देशको चिनारीका रूपमा रहेको पौभा कला नेपालको माटोमा जन्मिएको कला भएकाले यसको प्रवद्र्धन र बजारीकरण आवश्यक रहेको उपमेयर वज्राचार्यले बताउनुभयो।
सप्तरीको प्रतिनिधि सभा क्षेत्र नं. २ मा जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष डा. सीके राउतबीच प्रतिस्पर्धा हुँदै छ। यहाँ लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका केन्द्रीय सदस्य जयप्रकाश ठाकुर पनि प्रतिस्पर्धामा हुनुहुन्छ।
प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा महोत्तरीको सबै निर्वाचन क्षेत्रमा त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ। आगामी मङ्सिर ४ गते हुने जिल्लाका चार निर्वाचन क्षेत्रमा सत्ता गठबन्धन, एमाले–जसपाको गठबन्धन र स्वतन्त्रबीच प्रतिस्पर्धा हुने देखिएको छ। चारवटै क्षेत्रमा प्रतिनिधि सभामा यसअघि उठेकाहरू नै दोहोरिएका छन्। जिल्लाको क्षेत्र नं. १ मा नेपाल कम्युनिस्ट पार्टी (माओवादी)बाट विगतमा विजयी पूर्वमन्त्री गिरिराजमणि पोखरेलसँगै नेकपा एमाले गठबन्धनका लक्ष्मी महतो र स्वतन्त्रबीच प्रतिस्पर्धा देखिएको छ। २०७४ को निर्वाचनमा पूर्वमन्त्री पोखरेलले महतोलाई हराउँदै प्रतिनिधि सभामा निर्वाचित हुनुभएको थियो। यातायात कार्यालयको प्रमुखबाट राजीनामा दिएर स्वतन्त्र उम्मेदवारी दिनुभएका पोषण थापा पनि चुनावी मैदानमा हुनुहुन्छ।
पश्चिमनवलपरासी प्रतापुर गाउँपालिका पञ्चपेडा गाउँसम्म सडक पुग्न नसक्दा अत्यावश्यक सेवाका रूपमा रहेको एम्बुलेन्स पनि जान नसक्ने स्थिति छ। पञ्चपेडा गाउँसम्म पुग्नका लागि खजुरा खोलामा वर्षौदेखि सडक र पुल जीर्ण हुँदा एम्बुलेन्सजस्तो अत्यावश्यक सेवा सञ्चालन हुन नसकेको हो। सो सेवा सञ्चालन हुन नसक्दा स्थानीय बासिन्दा आक्रोशित भएका छन्।