अन्तर्राष्ट्रिय पर्यटकीय स्थल लुम्बिनीमा चालु आर्थिक वर्षको तीन महिनामा २७ लाख १८ हजार रुपियाँ भेटी संकलन भएको छ । लुम्बिनी विकास कोषले आइतबार र सोमबार गरी दुई दिनसम्म आन्तरिक तथा बाह्य पर्यटकबाट दानपेटिकामा संकलन भएको भेटी गणना गरिएको हो ।
नेपाल पुलिस क्लबले नवौं राष्ट्रिय खेलकुदअन्तर्गत भारत्तोलनमा अर्को स्वर्ण थपेको छ । दोस्रो दिनको पहिलो खेलमा महिला ५५ केजी तौल समूहतर्फ पुलिसकी टीकामाया गुरुङले स्वर्ण जित्नुभयो ।
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले मतपेटिका ढुवानीका लागि सुरक्षा निकायको सवारी साधन प्रयोग गर्दा उपयुक्त नहुने बताउनुभएको छ ।
चितवन क्षेत्र नम्बर १ का स्वतन्त्र उम्मेदवार राजेन्द्रप्रसाद बुर्लाकोटीले नेपाली कांग्रेसका उम्मेदवार विश्वनाथ पौडेललाई जिताउन नेतृत्वदायी भूमिका खेल्ने बताउनुभएको छ ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रहरी र प्रहरीको अनुसन्धानलाई अहिलेको युग अनुसार आधुनिक बनाउनु पर्ने बताउनुभएको छ ।
कैलालीको धनगढी उपमहानगरपालिका–५ जाइँका १६ वर्षीय सोहन कैनीले विद्युतीय मोटरसाइकल निर्माण गर्नुभएको छ ।
नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेटमा विभागीइ टोली नेपाल पुलिस क्लब र एपीएफ क्लबबीच उपाधि भिडन्त हुने भएको छ ।
सत्तारुढ दल नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले कांग्रेस नेतृत्वको गठबन्धन सरकार बनाउने लक्ष्य रहेको बताउनुभएको छ ।
सरकारले शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा मङ्गलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
गत शनिबारदेखि नेपालबाट मनसुन बाहिएको छ । मनसुन बाहिरिएसँगै काठमाडौं उपत्यकाको मौसम सफा भएको छ ।
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतका खेलकुद प्रतियोगीता जिल्ला तहमा सञ्चालन भए पछि सदरमुकाम बागलुङ बजारका होटलहरु भरिभराउ भएका छन् ।
साताको दोस्रो कारोबारको दिन सोमबार नेप्से परिसूचकमा गिरावट आएको छ । आज नेप्से परिसूचक २.६१ अङ्क घटेर १८५८.३३ बिन्दुमा झरेको हो ।
महिला एक सय मिटर हर्डल्स्मा नेपाली सेनाकी जयरानी थारुले स्वर्णपदक प्राप्त गर्नुभयो । जयरानीले फाइनलमा मात्र होइन यस इभेन्टको हिट चरणमा पनि गौरव हासिल गर्नुभयो । हिट चरण १५.१६ सेकेन्डमा पूरा गरेर जयरानीले राष्ट्रिय कीर्तिमान बनाउनुभएको थियो ।
नेपाली कांग्रेसका नेता सिंहले काठमाडौंमा पत्रकार सम्मेलनमार्फत ‘केन्द्रमा प्रभाव, क्षेत्रमा विकास’ भन्ने उद्देश्यका साथ आफ्नो प्रतिबद्धता एवम् भावी योजना सार्वजनिक गर्नुभएको हो ।
नवौं राष्ट्रिय खेलकुदको टेबुलटेनिस प्रतियोगितामा नेपाल पुलिस क्लबका बिनेस खनियाँले एक्लै तीन स्वर्ण जित्नुभएको छ । पोखराको कोल्मा बहाकोट तमु समाजमाको प्रतियोगितामा पाचँ स्वर्ण छिनोफानो हुदाँ पुलीसले चार स्वर्ण जित्दा बिनेसले तीन स्वर्ण जित्नुभएको हो ।