निर्वाचन अयोगले देशभर १० हजार ८९२ मतदानस्थलमा २२ हजार २२७ वटा मतदान केन्द्रहरु निर्धारण गरेको छ । देशभर प्रतिनिधिसभाका लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ कुल १६५ निर्वाचन क्षेत्र रहेका छन् ।
हीराबहादुर थापाको विरासतलाई कायम राख्दै अमृत थापामगरले सोमबार राष्ट्रिय खेलकुदमा स्क्वास एकलको स्वर्ण पदकमा ह्याट्रिक गर्नुभएको छ ।
मेरो घरको मूल ढोकाबाट भित्र प्रवेश गर्नेबित्तिकै पिताजी शङ्करराज जोशी र आमा नुगलदेवीको प्रतिमा देखिन्छ । आँगनमै मेरा जन्मदाताहरुको मूर्ति म आफैंले स्थापना गर्न लगाएको हुँ । मेरो प्रत्येक दिनको दैनिकीको सुरूवात माता र पिताको सम्झनाबाटै बिहान स्नान गर्दा एकपटक जल अर्पण गर्ने र बेलुकी सम्झनाको रूपमा दियो बालेर आरती गर्ने चलन मैले बाँचुन्जेल कायमै राखेको छु ।
होटल सङ्घ नेपालले बैंकको सावा ब्याजको किस्ता तिर्ने समय दुई वर्ष थप नगरे होटलहरु बन्द गर्ने सरकारलाई चेतावनी दिएको छ ।
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका उम्मेदवारले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेर निर्वाचन आयोगले मनोनयनपत्र खारेजसमेत गर्ने जनाएको छ ।
रुसले सोमबार बिहान किभमा ‘ कामिकाजे ड्रोन’ मानवरहित विमान आक्रमण गरेको छ । युक्रेनी राष्ट्रपतिले यस आक्रमणलाई झण्डै आठ महिनादेखि हजारौंको ज्यान लिने युद्धमा निराशाको कार्यको रूपमा वर्णन गरेको छ ।
फरक फरक स्थानबाट चोरी भएको मोटरसाइकलसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनुषा जिल्लास्थित शहिदनगर नगरपालिका वडा नं. ५ का २० वर्षीय अजित पासवान र सोही जिल्लास्थित जनकपुरधाम उपमहानगरपालिका वडा नं. ९ का २२ वर्षीय चन्दनकुमार झा रहेका छन् ।
मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनलाई स्वतन्त्र, निश्पक्ष र धाँधलीरहित बनाउनमा सुरक्षा निकायको भूमिका महत्वपूर्ण रहेकाले इमान्दारितापूर्वक निर्वाह गर्न आग्रह गर्नुभएको हाे।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा म्याग्दीको बेनीमा भएको महिला भलिबल प्रतियोागिताको क्वाटर फाइनलको प्रतिस्पर्धाबाट एपीएफ क्बल र बागमती प्रदेशले सेमिफाइनलको यात्रा तय गरेका छन् ।
खाद्य सुरक्षाका लागि थप लगानी गर्न कम्बोडिया तथा संयुक्त राष्ट्रसङ्घीय एजेन्सीहरुले आग्रह गरेका छन् । कम्बोडिया सरकार तथा संयुक्त राष्ट्रसङ्घीय एजेन्सी संयुक्त राष्ट्रसङ्घीय विश्व खाद्य कार्यक्रमले सो आग्रह गरेका हुन् ।
तेहरानको इभिन कारागारमा शनिबार राति भएको आगलागीमा परी मृत्यु हुुनेको सङ्ख्या आठ पुगेको जनाइएको छ ।
समानुपातिक बन्द सूचीमा रहेका ४३९ ले कात्तिक ५ गतेभित्र जरिवाना बुझाउनुपर्ने भएको छ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा उम्मेदवार भई निर्वाचन खर्चको विवरण तोकिएको समयावधिभित्र नबुझाउने उम्मेदवारलाई कात्तिक ५ गतेसम्म बुझाउन समय दिएको हो ।
नवौँ राष्ट्रिय खेलकुद सुरु हुनुअघि नै विवादित धावक कर्णालीका दुर्गाबहादुर बुढाले तीन हजार मिटर पुरुष स्टिपल चेजको उपाधि जितेपछि पोखरा रड्गशालाको एथलेटिक्स ट्रयाक केही बेर तनावपूर्ण बन्यो ।
प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी निर्वाचन शान्तिपूर्ण रुपमा गराउन नेपाल प्रहरीको प्रमुख जिम्मेवारी रहेको बताउनु भएको छ । उहाँले ऐन कानुनले दिएको आफ्नो अधिकार प्रयोग गरी निर्वाचनलाई स्वच्छ, निष्पक्ष बनाउन निर्देशन पनि दिनुभयो ।
नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले सत्तागठबन्धन संविधान र लोकतन्त्रको रक्षा गर्नका लागि बनेको बताउनुभएको छ ।