• २० असोज २०८१, आइतबार

आयुक्त भण्डारी भन्नुहुन्छ, ‘मनोनयनपत्र खारेजीसम्म हुनसक्छ’

blog

निर्वाचन आयुक्त रामप्रसाद भण्डारी ।

काठमाडौं, असोज ३१ गते । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका उम्मेदवारले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेर निर्वाचन आयोगले मनोनयनपत्र खारेजसमेत गर्ने जनाएको छ ।

निर्वाचन आयुक्त रामप्रसाद भण्डारी निर्वाचन प्रसारप्रचार गर्दा उम्मेदवारहरुले निर्वाचन आचारसंहिता उल्लङ्घन गरे आयोगले कठोरतापूर्वक कारबाही गर्ने बताउनुभयो । कारबाहीमा उम्मेदवारको मनोनयनपत्र समेत खारेज हुनसक्ने निर्वाचन आयुक्त भण्डारीले स्पष्ट पार्नुभयो ।

निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने उम्मेदवारहरुलाई आयोगले स्पष्टLकरण सोध्ने क्रम जारी छ । आयोगले स्पष्टिकरण सोध्दा आयोगसँग भएको प्रमाण र उम्मेदवारले पेश गरेको प्रमाण मेल नखाए वा पुष्टि नभए उम्मेदवारको मनोनयनपत्र खारेजी हुने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘‘अहिले कोणसभा, आमसभा, गोष्ठी सिमिनारलगायत कुनै पनि विषय निर्वाचन प्रसारप्रचार गर्ने प्रयोजनका लागि गर्न पाइँदैन ।’’ निर्वाचन आयुक्त भण्डारीले निर्वाचन आचारसंहिता निर्वाचन आयोगले मात्रै नबनाएको प्रष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘‘निर्वाचन आचारसंहिता आयोगले मात्रै बनाएको होइन, राजनीतिक दलको प्रतिनिधिहरुको सहमतिमा आचारसंहिता बनेको हो । त्यसैले आचारसंहिताले निर्वाचन हुने १७ दिन अगाडि अर्थात् कात्तिक १८ बाट मात्रै निर्वाचन प्रचारप्रसार गर्न पाइन्छ । त्योभन्दा अगाडि निर्वाचन प्रचारप्रसार गर्नेलगायतका क्रियाकलाप गर्न पाइँदैन ।’’