• २० असोज २०८१, आइतबार

इरानको इभिन जेलमा आगलागी हुँदा ज्यान गुमाउनेको सङ्ख्या आठ पुग्यो

blog

तेहरान,  असोज  ३१ गते । तेहरानको इभिन कारागारमा शनिबार राति भएको आगलागीमा परी मृत्यु हुुनेको सङ्ख्या आठ पुगेको जनाइएको छ ।  यस कारागार आगलागीमा परी शुरुमा चार कैदीको मृत्यु हुनाका साथै अन्य ६१ जना घाइते भएको सरकारी समाचार एजेन्सी इरनाले आइतबार जनाएको थियो । 

‘इभिन कारागारको वार्डका केही कैदीहरूबीच शनिबार राति भएको झडप र आगलागीपछि  सो दुर्घटना  भएको हो ।  विषाक्त धुवाँबाट निसास्सिएर मृत्यु भएका चार कैदीलाई चोरीको अभियोगमा दोषी ठहर गरिएको थियो र  उनीहरूले इभिन जेलमा सजाय भोगिरहेका थिए । 

घाइते ६१ मध्ये ५१ जनाको क्लिनिकमा उपचार गरिएको थियो भने १० जनालाई अस्पतालमा भर्ना गरिएको थियो ।  प्रतिवेदन अनुसार चोटपटकको जोखिममा रहेका ७० भन्दा बढी कैदीलाई बचाइएको थियो । अस्पताल भर्ना गरिएका घाइतेहरु चार जनाको मृत्यु भएपछि मृतकको सङ्ख्या आठ पुगेको जनाइएको छ । (रासस–एएफपी)