आगामी मङ्सिर ४ गते का लागि तय भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको सुरक्षाका लागि आवश्यक म्यादी (अस्थायी प्रहरी)को तालिम सुरु भएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार एक लाख १५ हजार म्यादी प्रहरीको तालिम आगामी कात्तिक ८ गतेसम्म सञ्चालन हुनेछ। यस पटक म्यादी प्रहरी भर्ना हुनेको आकर्षण विगतका निर्वाचनभन्दा बढी देखिएको छ। देशभरबाट एक लाख १५ हजार म्यादी प्रहरीको माग गरिएकामा दुई लाख ३४ हजार ३६२ जनाले आवेदन दिएका थिए।
नेपालमा १७ दशमलव ५ प्रतिशत नेपाली बहुआयामिक गरिब रहेको प्रतिवेदन सार्वजनिक भएको छ । संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडीपी)ले सोमबार सार्वजनिक गरेको विश्वव्यापी बहुआयामिक गरिबी सूचकाङ्क (एमपीआई) प्रतिवेदनले ५१ लाख ३७ हजार नेपाली बहुआयामिक गरिब रहेको प्रतिवेदन सार्वजनिक गरेको हो ।
सर्वोच्च अदालतको अन्तरिम आदेशपछि रुपन्देही क्षेत्र नम्बर २ का निर्वाचन अधिकृतको कार्यालयले सत्ता गठबन्धनबाट उम्मेदवारी दिनुभएका नेकपा (एकीकृत समाजवादी)का राजु गुरुङको उम्मेदवारी कायम गरेको छ । चेक अनादर प्रकरणमा पाटन उच्च अदालतमा मुद्दा चलिरहेको भन्दै निर्वाचन अधिकृतको कार्यालयले असोज २५ गते गुरुङको उम्मेदवारी खारेज गरेको थियो ।
निर्वाचन आचारसंहिताको प्रतिबन्धात्मक केही व्यवस्थाले राजनीतिक दलको निर्वाचन प्रचारप्रसार कार्यक्रम प्रभावित भएका छन् । विगतमा उम्मेदवारी दर्ता गरेदेखि नै क्षेत्रीय तथा जिल्लास्तरीय सभा, जुलुस गर्दै आएका राजनीतिक दल यतिबेला मौन भएर बसेका छन् ।
देशभर सञ्चालित विद्यालय, विश्वविद्यालय तथा प्राविधिक शिक्षाप्रदायक संस्थासँग सम्बन्धित सम्पूर्ण गतिविधि तथा विवरण एकै ठाउँबाट उपलब्ध हुने भएको छ। यसका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एकीकृत शैक्षिक सूचना व्यवस्थापन प्रणालीसम्बन्धी निर्देशिका जारी गरेको छ। उक्त निर्देशिका कार्यान्वयनका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्रमार्फत सबै प्रदेश तथा स्थानीय तहलाई जानकारी गराइने मन्त्रालयले जनाएको छ।
बर्दिया प्रहरीले अवैध पटका नियन्त्रणमा लिएर नष्ट गरेको छ ।
नेपाली कांग्रेसले आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवारलाई कात्तिक ४ गतेसम्म उम्मेदवारी निष्क्रिय पार्न निर्देशन दिएको छ ।
निर्वाचन आयोगले निर्वाचन प्रचार प्रसारका लागि टाँगिएका ब्यानर तत्काल हटाउन निर्देशन दिन प्रमुख जिल्ला अधिकारीलाई आयोगले निर्देश गरेको छ । सोमवार देशभरका प्रमुख जिल्ला अधिकारीसँग गृह मन्त्रालयबाट भएको भर्चुअल बैठकमार्फत निर्वाचन आयोगका सचिव गोकर्णमणि दुवाडीले सो निर्देशन दिनुभएको हो ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबलतर्फ नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपीएफ, गण्डकी प्रदेश र बागमती प्रदेश सेमिफाइनल प्रवेश गरेका छन्
गण्डकी प्रदेशमा आयोजना भइरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागीय टिम नेपाल आर्मी क्लबको अग्रता कायमै रहेको छ । अहिलेसम्म आर्मीले ४४ स्वर्ण, ३१ रजत र २४ कास्य पदक सहित कुल ९९ पदक हात पारिसकेको छ ।
अन्तर्राष्ट्रिय पर्यटकीय स्थल लुम्बिनीमा चालु आर्थिक वर्षको तीन महिनामा २७ लाख १८ हजार रुपियाँ भेटी संकलन भएको छ । लुम्बिनी विकास कोषले आइतबार र सोमबार गरी दुई दिनसम्म आन्तरिक तथा बाह्य पर्यटकबाट दानपेटिकामा संकलन भएको भेटी गणना गरिएको हो ।
नेपाल पुलिस क्लबले नवौं राष्ट्रिय खेलकुदअन्तर्गत भारत्तोलनमा अर्को स्वर्ण थपेको छ । दोस्रो दिनको पहिलो खेलमा महिला ५५ केजी तौल समूहतर्फ पुलिसकी टीकामाया गुरुङले स्वर्ण जित्नुभयो ।
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले मतपेटिका ढुवानीका लागि सुरक्षा निकायको सवारी साधन प्रयोग गर्दा उपयुक्त नहुने बताउनुभएको छ ।
चितवन क्षेत्र नम्बर १ का स्वतन्त्र उम्मेदवार राजेन्द्रप्रसाद बुर्लाकोटीले नेपाली कांग्रेसका उम्मेदवार विश्वनाथ पौडेललाई जिताउन नेतृत्वदायी भूमिका खेल्ने बताउनुभएको छ ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रहरी र प्रहरीको अनुसन्धानलाई अहिलेको युग अनुसार आधुनिक बनाउनु पर्ने बताउनुभएको छ ।