• २० असोज २०८१, आइतबार

गुरुङको उम्मेदवारी कायम

blog

बुटवल समाचारदाता

बुटवल, कात्तिक १ गते । सर्वोच्च अदालतको अन्तरिम आदेशपछि रुपन्देही क्षेत्र नम्बर २ का निर्वाचन अधिकृतको कार्यालयले सत्ता गठबन्धनबाट उम्मेदवारी दिनुभएका नेकपा (एकीकृत समाजवादी)का राजु गुरुङको उम्मेदवारी कायम गरेको छ । 

चेक अनादर प्रकरणमा पाटन उच्च अदालतमा मुद्दा चलिरहेको भन्दै निर्वाचन अधिकृतको कार्यालयले असोज २५ गते गुरुङको उम्मेदवारी खारेज गरेको थियो । 

निर्वाचन अधिकृतको कार्यालयले सोमबार दिउँसो सूचना जारी गर्दै गुरुङको उम्मेदवारी खारेज गर्ने निर्णय सर्वोच्चको अल्पकालीन अन्तरिम आदेशपछि कार्यान्वयन नगरिएको उल्लेख गरेको छ । 

गुरुङले आफ्नो उम्मेदवारी खारेजीविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दिनुुभएको थियो । सर्वोच्चका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासले गुरुङको उम्मेदवारी खारेज गर्ने निर्वाचन अधिकृतको निर्णय कार्यान्वयन नगर्न आइतबार अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।