• २० असोज २०८१, आइतबार

समानुपातिक बन्द सूचीका ४३९ ले कात्तिक ५ सम्म जरिवाना बुझाउनुपर्ने

blog

निर्वाचन अयोग । फाइल तस्बिर

काठमाडौं, असोज ३१ गते । समानुपातिक बन्द सूचीमा रहेका ४३९ ले कात्तिक ५ गतेभित्र जरिवाना बुझाउनुपर्ने भएको छ ।

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा उम्मेदवार भई निर्वाचन खर्चको विवरण तोकिएको समयावधिभित्र नबुझाउने उम्मेदवारलाई कात्तिक ५ गतेसम्म बुझाउन समय दिएको हो ।

मुख्य निर्वाचन अधिकृत गोकर्णमणि दुवाडीले मङ्सिर ४ मा हुने प्रतिनिभिसभा र प्रदेशसभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलले पेश गरेको बन्द सूचीमा समावेश भएका ४३९ उम्मेदवारले जरिवाना बुझाउनुपर्ने जानकारी दिनुभयो ।

उहाँका अनुसार जरिवाना नबुझाए उम्मेदवारको नाम बन्दसूचीबाट हट्नेछ ।