घोराही उपमहानरपालिका–१४ की प्रेमकुमारी पुनमगर अल्लो उद्योगसँग जोडिएको वर्षौं भइसक्यो । लामो समय शिक्षण पेसामा रहनुभएकी उहाँ करिब दुई दशकदेखि अल्लोको धागो उत्पादन, धागोबाट तयारी कपडा बनाउनेसँगै कपडाको बजारीकरण गर्ने व्यवसायमा व्यस्त हुनुहुन्छ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको अनुगमन टोलीले ओसो पियोर ड्रिङ्किङ वाटर नामक उद्योगमा सिलबन्दी गरेको छ । विभागका निर्देशक होमनाथ भट्टराईले विभागको अनुगमनमा खटिएको टोलीले अनुज्ञापत्र नलिई पानी उत्पादन गरेर बिक्री वितरण गरेकाले यो उद्योगमा सिल गरिएको जानकारी दिनुभयो ।
मतदाता नामावलीमा नाम भएका कुनै पनि मतदाताले आफ्नो परिचय खुल्ने परिचयपत्रको आधारमा मतदान गर्न पाउने भएका छन्। मतदाता नामावलीमा नाम भएका व्यक्तिले आफ्नो स्पष्ट पहिचान खुल्ने नागरिकता, सवारी चालक अनुमतिपत्र, लालपुर्जा वा कुनै पनि सरकारी कार्यालयले जारी गरेको परिचयपत्रका आधारमा मतदान गर्न पाउने निर्वाचन आयोगले जनाएको छ।
सर्वोच्च अदालतले रुपन्देही क्षेत्र नं. २ मा नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार राजु गुरुङको मनोनयन रद्द गर्ने निर्वाचन अधिकृतको कार्यालयको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासले कात्तिक २ गतेसम्म निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो।
निर्वाचन आयोगले राजनीतिक दलको निर्वाचन चिह्न लौरोलाई स्वतन्त्र उम्मेदवारको चिह्न भनी प्रचारप्रसार गर्ने नौजना स्वतन्त्र उम्मेदवारसँग स्पष्टीकरण सोधेको छ।
पाल्पामा डुबेर दुई जनाको मृत्यु भएको छ। तानसेन–२, नारायणस्थानस्थित पोखरीमा पौडी खेल्ने क्रममा डुबेर तानसेन टुंडिखेलका १२ वर्षीय सुजल पराजुलीको मृत्यु भएको छ।
प्रधानमन्त्री शेरबहादुर देउवाले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ ।
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि, कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनपछि गठबन्धनले दुई तिहाइको सरकार बनाउने दाबी गर्नुभएको छ।
सत्तारुढ दल नेपाली कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन–२०७९ केन्द्रीय परिचालन समिति गठन गरेको छ।
नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले सत्तारुढ गठबन्धनले दुई तिहाइ बहुमत ल्याउने लक्ष्यसहित आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा होमिएको बताउनु भएको छ।
नेपाली कांग्रेसका महामन्त्री तथा लोकप्रिय युवा नेता विश्वप्रकाश शर्मा र एमालेका स्थायी कमिटी सदस्य एवम् पूर्व कानुनमन्त्री अग्नि खरेलबीच हुने प्रतिस्पर्धालाई रोचक ढंगले हेरिएको छ।
माथिबाट ढुुङ्गा खसेर एक जनाको मृत्यु भएको छ । पशुु बस्तुु चराइरहेको बेला बर्षापछि गल्केको भिरोलो जमिनबाट खसेको ढुङ्गा लागेर वनमा साउने नेपालीको मृत्युु भएको हो ।
नेपाल पुलिस क्लबले नवौं राष्ट्रिय खेलकुदअन्तर्गत भारोत्तोलनमा पहिलो स्वर्ण जितेको छ । पोखरा उद्योग वाणिज्य संघमा आइतबारदेखि सुरु प्रतियोगिताको महिला ४५ केजी तौल समूहमा पुलिसकी हिरामोती थारुले पुलिसलाई पहिलो स्वर्ण दिलाउनुभयो ।
काठमाडौं, असोज ३० गते। पूर्वसभामुख एवम् नेकपा (माओवादी केन्द्र) की नेतृ ओनसरी घर्ती मगरले आफू निर्वाचित भए दुई वर्षभित्रमा जोरपाटी-साँखु सडकखण्ड निर्माण सम्पन्न गर्ने बताउनुभएको छ। सत्ता गठबन्धनको काठमाडौं क्षेत्र नम्बर २ प्रतिनिधिसभा सदस्यको साझा उम्मेदवार घर्तीले सो अवधिमा निर्माण कार्य सम्पन्न हुन नसके आफूले पदबाट राजीनामा दिनेसमेत बताउनुभयो। उहाँले साँखु बजार र शाली नदीको पर्यटकीय विकासमा ध्यान दिने पनि बताउनुभयो।उहाँले भन्नुभयो, “जोरपाटी–साँखु सडकको स्तरोन्नति तथा सम्पन्न गराउने काम जसरी ढिलाइ भएको छ, म घोषणा गर्न चाहन्छु आगामी दुई वर्षमा यदि त्यो कार्य मैले सम्पन्न गर्न सकेन भने म राजीनामा गर्छु। नोट गर्नुस्। ऐतिहासिक, धार्मिक, सांस्कृतिक महत्त्व राख्ने शहर साँखु बजार तथा शालीनदी यसको पर्यटकीय विकास तथा जर्सिङ पौवालाई जीवित सङ्ग्रहालयको रूपमा विकसित गर्नेछु। दक्षिणढोका, मुलपानी लगायत विभिन्न क्षेत्रमा हुने डुबानको समस्या छ यसमा म योजना बनाएर काम गर्नेछु।”घर्तीले दक्षिणढोका, मुलपानी लगायतका क्षेत्रमा हुने डुबानको समस्यालाई समाधान गर्न योजना बनाउने तथा व्यावसायिक तरकारी, फलफूल खेतीको विस्तार, रोजगारी वृद्धि गर्ने कामलाई उच्च प्राथमिकता राख्ने बताउनुभयो। मुलपानीमा निर्माणाधीन क्रिकेट रङ्गशालाको काम छिट्टै सम्पन्न गराउने, युवालाई रोजगारी र खेलकुदमा जोड्ने कार्यक्रम बनाउने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो। “एयरपोर्ट निर्माणका क्रममा विभिन्न क्षेत्रबाट प्रभावित हुनुभएका जे समस्याहरू छन् यसको समाधानमा मेरो पहिलो प्राथमिकता हुनेछ। कोटेश्वरको जाम या ट्राफिकलाई हटाउन मैले आवश्यक पहलकदमी अगाडी बढाउनेछु। कृषि तथा वन विज्ञान, प्राकृतिक स्रोत व्यवस्थापन कलेज नाङ्लेभारेमा निर्माण भइरहेको छ। सञ्चालनमा ल्याउन पहलकदमी लिनेछु। साँखुको ढल निकासमा ध्यान दिनेछु”, उहाँले बताउनुभयो।
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटमा एपीएफ क्लब र बागमती प्रदेश सेमिफाइनलमा प्रवेश गरेका छन् ।आइतबार पोखरा रंगशालमा भएको पहिलो खेलमा एपीएफले सुदूरपश्चिम प्रदेशलाई ५ विकेटले हरायो ।