• १३ असोज २०८१, आइतबार

प्युठानमा दुर्गालाई सूर्यको चुनौती

blog

बिजुवार, असोज ३१ गते । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि प्युठानमा सत्ता गठबन्धन र एमाले गठबन्धन प्रतिस्पर्धामा छन् । 

राष्ट्रिय जनमोर्चाका केन्द्रीय उपाध्यक्ष दुर्गा पौडेल र नेकपा एमालेका पोलिट्ब्युरो सदस्य सूर्य थापा अहिले प्रतिनिधिसभाका लागि आमनेसामने हुनुहुन्छ । दुबै प्रत्याशीकाे पुर्ख्यौली घरसमेत एउटै पालिकामा पर्छ ।  

वि.सं. २०७० मा समानुपातिक निर्वाचनबाट संविधानसभा सदस्य हुनुभएका पौडेलले २०७४ मा प्युठानबाट चुनाव जित्नुभएको थियो । उहाँ तेस्रो पटक सांसद बन्ने प्रयासमा मैदानमा होमिनुभएको छ भने पौडेलका प्रतिस्पर्धी थापा पहिलो पटक प्रतिस्पर्धामा हुनुहुन्छ ।

उम्मेदवार पौडेलले सांसद भएको बेला थालेका कामलाई पूणर्ता दिन पुनः उम्मेदवारी दिएको बताउनुभयाे । उम्मेदवार थापाले आफूले चुनाव जिते प्युठानको विकासको मुहार बदल्ने लक्ष्य रहेको बताउनुभयाे ।