जिल्लाका दक्षिणी क्षेत्रका बाढीपहिरोपीडितलाई हेलिकोप्टरमार्फत राहत पु¥याइएको छ । कर्णाली प्रदेश सरकारको सहयोगमा बाढीपीडितलाई वितरण गर्न सम्बन्धित गाउँपालिकामा राहत सामग्री पु¥याइएको हो । ताँजाकोट गाउँपालिकाका अध्यक्ष लालकेश जैसीले पहिरोपीडितलाई वितरण गर्न राहत सामग्री हेलिकोप्टरमार्फत ल्याइएको जानकारी दिनुभयो ।
जिल्ला निर्वाचन कार्यालय सप्तरीले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि सप्तरीको चारवटै निर्वाचन क्षेत्रमा समानुपातिक मतपत्र पु¥याइएको जानकारी दिनुभयो। शनिबार निर्वाचन आयोगबाट जिल्ला निर्वाचन कार्यालय सप्तरीमा पुगेको मतपत्र कडा सुरक्षाकाबीच शनिबार जिल्लाको कञ्चनरूप, शम्भुनाथ, खडक र राजविराजमा स्थापना गरिएका चारवटै निर्वाचन अधिकृतको कार्यालयलाई हस्तान्तरण गरिसकिएको जिल्ला
निर्वाचनसम्बन्धी कार्यसम्पादनका लागि जनकपुरधामस्थित प्रादेशिक निर्वाचन कार्यालय स्थापना गरिएको छ। प्रादेशिक नाम जोडिएपछि प्रदेशअन्तर्गतका जिल्ला निर्वाचन यसै कार्यालयको मातहत रहने, निगरानी गर्ने, विवरण अद्यावधिक राखिनेलगायत निर्वाचनसम्बन्धी समन्वय, सहकार्य गरी कार्यसम्पादन हुने भन्ने बुझिन्छ तर यहाँको प्रादेशिक निर्वाचन कार्यालयले जिल्ला निर्वाचन कार्यालयकै रूपमा कार्य गर्दै आएको छ।
ष्ट्रपति विद्यादेवी भण्डारीले बाङमय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । आइतबार विहान जोशीको निधन भएपछि सामाजिक सञ्जाल ट्वीट मार्फत राष्ट्रपति भण्डारीले सो दुःख व्यक्त गर्नुभएको हो ।
विराटनगर महानगरपालिकाले महानगर क्षेत्र पर्ने सुनसरी मोरङ सिँचाइ आयोजनाको नहरको सफाइ सुरु गरेको छ। नहरलाई सफा पारेर छठ पर्वका भक्तजनलाई सफा पानीको प्रबन्ध मिलाउन महानगरले नहर सफाइ सुरु गरेको हो। महानगरले सुनसरी–मोरङ सिँचाइ आयोजनासँग सहकार्यमै नहरको सफाइ थालेको हो। तिहारअगाडि नै महानगर क्षेत्रभित्रका सबै नहर सफा गरिने विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले जानकारी दिनुभयो। हरेक दिन दुईवटा जेसीबी परिचालन गरेर समयमै नहर सफाइ गरिने भएको हो।
सुनसरीमा प्रमुख राजनीतिक दलहरूले दलित समुदायलाई राजनीतिक रूपमा उपेक्षा गरेको गुनासो आएको छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा सुनसरीबाट दलित उम्मेदवारको सङ्ख्या न्यून रहेको देखिएको छ । जिल्लामा चार प्रतिनिधि सभा सदस्यका लागि ९४ जनाको उम्मेदवारी कायम हुँदा पाँच जना र आठ जना प्रदेश सभा सदस्यको लागि १११ जनाको उम्मेदवारी हुँदा ११ जना दलित समुदायका उम्मेदवार रहेका छन् ।
चलचित्र ‘मङ्गलम’को पर्खपर्ख मायालु, ‘छक्का पन्जा ३’को पहिलो नम्बरमा र ‘हिजोआजका कुरा’को माया जदौजस्ता चर्चित गीतमा सङ्गीत दिनुभएको सङ्गीतकार हुनुहुन्छ, दीपक शर्मा । उहाँले लोक, आधुनिक, र चलचित्र गरेर अहिलेसम्म हजारभन्दा बढी गीतमा सङ्गीत भरिसक्नुभएको छ । श्रुति सङ्गीत विद्यालयदेखि लिएर गुरुराम सिटौला, गुरुदेव कामद, राजकुमार मालाकार, प्रेमचन्द्र ओझैया, किशोर गुरुङलगायतसँग सङ्गीतको ज्ञान लिइसक्नुभएका सङ्गीतकार शर्मासँग अहिलेको साङ्गीतिक अवस्थाबारे गोरखापत्रका लागि सुकृत नेपालले गर्नुभएको कुराकानी :
आसन्न निर्वाचनमा सत्ता गठबन्धनतर्फबाट महोत्तरी क्षेत्र नं १ को (क) मा प्रदेश सभा सदस्यका लागि एउटै पदमा २ जनाले मनोनयन दर्ता गराएपछि आधिकारिक उम्मेदवारको लागि हानथाप सुरु भएको छ । विवाद समाधान हुन नसकेपछि चुनाव प्रचारप्रसारमा अन्यौलता देखिएको छ ।
सस्पेन्स थ्रिलर चलचित्र ‘लाखे’ पूर्वनिर्धारितभन्दा एक साता पर सर्दै कात्तिक १८ मा दर्शकमाझ आउने भएको छ । सम्राट बस्नेत निर्देशित चलचित्र लाखेमा सौगात मल्ल, अनुप विक्रम शाही, अर्पण थापा, आर्यन अधिकारी, वर्षा राउत, रोहित रुम्बा, संजोग राणा, सुशील सिटौला, प्रशान्त ताम्राकार, रक्षा बुढाथोकी, कालु राना, सुगन तण्डुकार र बाल कलाकार सिस्टम भण्डारी मुख्य भूमिकामा हुनुहुन्छ ।
पश्चिम नवलपरासी, सुनवलको चारपालामा निर्माणाधीन १३२ केभी विद्युत् सबस्टेसनको निर्माण अन्तिम चरणमा पुगेको छ । यो आयोजनाको ९३ प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको बताइएको छ । नवलपरासीको सुनवल ज्यामिरे क्षेत्रमा लक्ष्मी स्टिल, पाल्पा सिमेन्ट उद्योगलगायतका ठूला उद्योग सञ्चालनमा रहेका र अन्य उद्योग स्थापना हुने क्रम बढ्दै गएको अवस्थामा सुनवल नगरपालिका–७, चारपालामा १३२ केभी विद्युत् प्रसारण लाइनको सबस्टेसन निर्माण सुरु गरिएको हो । २०७५ साल पुसदेखि निर्माण प्रक्रिया सुरु भएको यो सबस्टेसन निर्माण कार्य अन्तिम चरणमा पुगेको सुनवल १३२ केभी सबस्टेसन आयोजनाका प्रमुख दीपक गौतमले जानकारी दिनुभयो ।
लामो प्रतीक्षापछि पर्यटकीय नगरी पोखरामा राष्ट्रिय खेलकुदको नवौंँ संस्करणको औपचारिक उद्घाटन भएको छ । यो राष्ट्रका निम्ति असाध्य महत्त्वपूर्ण उत्सव हो । उपराष्ट्रपति नन्दबहादुर पुनले शुक्रबार उद्घाटन गर्नुभएको राष्ट्रिय महत्त्वको खेलकुदको नवौंँ संस्करण दुई वर्ष ढिला भएको हो । यसअघि वि.सं. २०७७ मा पोखरामा नै आयोजना गर्ने तय गरिए पनि कोरोनाका कारण त्यतिबेला हुन सकेन । पछि स्थानीय निर्वाचन आदिका कारण थुप्रै पटक सारिएपछि बल्ल शुक्रबार जुरेको हो । औपचारिक उद्घाटनसँगै खेलाडीको राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्ने अभिलाषा पनि पूर्ण भएको छ । त्यसो त औपचारिक उद्घाटन हुनु केही दिनअघि नै पोखरामा विभिन्न खेलका प्रतियोगिता तथा पदकको छिनोफानोसमेत भइसकेको छ । यसले खेलाडी र खेलप्रेमीमा नयाँ उत्साह छाइसकेको छ ।
२०७९ असोज २५ गते ‘सरकारी कर्मचारी तथा अन्तर्गतका निकाय र संस्थाका कर्मचारी तथा शिक्षकले पालना गर्नुपर्ने आचरण सम्बन्धमा’ निर्वाचन आयोगले प्रेस विज्ञप्ति जारी ग-यो। यसै विषयमा त्रिभुवन विश्वविद्यालयले पनि केही दिनअघि सूचना जारी ग-यो भने वाल्मीकि विद्यापीठका प्रमुख प्रा. डा. भागवत ढकालले पनि आफ्ना क्याम्पसका प्राध्यापक तथा कर्मचारीलाई निर्देशन जारी गर्नुभयो।
अहिले मुलुक पूर्ण रूपमा चुनावमय भएको छ। हामी दोस्रो आवधिक सङ्घीय र प्रदेश चुनावको सँघारमा छौँ। प्रतिनिधि सभाका २७५ सदस्य र त्यसको दुई गुणा प्रदेश सदस्य चुन्न गइरहेका छौँ। दलहरूले सकसपूर्ण टिकट वितरणको काम सकेर निर्वाचन आयोगमा प्रत्यक्ष र समानुपातिकतर्फको नामावली दर्ता गरिसकेका छन्। यसअघि महिलाले प्रत्यक्षमै एक तिहाइ महिला उम्मेदवार बनाउनुपर्ने भनेर कुर्लिए पनि अहिले उनीहरू चुपचाप छन्। आफूलाई जिम्मेवार सम्झने दलले बुझाएको र प्रारम्भिक तथ्याङ्कअनुसार ९ प्रतिशत मात्र महिला उम्मेदवार भएको तथ्याङ्क बाहिर आएको छ। अब संविधानको धारा ८४ (८) मा व्यवस्था भएअनुसार ८४ (१, ख) बमोजिम सो प्रतिशत पु¥याउन निर्वाचित गर्नुपर्ने देखिन्छ।
नेपालको राजनीतिक इतिहासको पृष्ठभूमि हेर्दा हरेक कालखण्डमा नेपाली जनताले आफ्नो स्वतन्त्रता र समानताको अधिकार प्राप्तिका लागि निरङ्कुश सत्ताका विरुद्ध सङ्घर्ष गर्नु परेको इतिहास ताजै छ । वि.सं. २०४६ को जनआन्दोलनले नेपाली जनतालाई पहिलो पटक स्वतन्त्र, सार्वभौमसत्तासम्पन्न र राज्यशक्तिको स्रोत जनता नै हो भन्ने अभिव्यक्त नेपाल अधिराज्यको संविधान, २०४७ को प्रस्तावनामा उल्लेख गरियो।
सुदूर पश्चिमेली नेपाली समाज क्यूशु क्षेत्रीय समिति जापानको चौथो अधिवेशनबाट कविराज अवस्थी अध्यक्षमा निर्वाचित हुनु भएको छ । समितिको हालै सम्पन्न अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको हो ।