नेपाली कांग्रेसका नेता तथा झापा क्षेत्र नम्बर ३ प्रतिनिधि सभाका उम्मेदवार कृष्णप्रसाद सिटौलाले अघिल्लो निर्वाचनमा आफू पराजित हुँदा यस क्षेत्रमा विकास निर्माण लगायताको काम हुन नसकेको बताउनुभएको छ ।
मङ्सिर ४ मा सम्पन्न हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको सम्पूर्ण चार करोड छ लाख पाँच हजार मतपत्रको छपाइ सम्पन्न भएको छ ।
निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने छ जना व्यक्ति र आठ संस्थालाई स्पष्टिकरण सोधेको छ । आयोगका सहायक प्रवक्ता कमल भट्टराईले निर्वाचन आचारसंहिता उल्लङ्घगन गर्नेमा पार्टीका मुख्य नेता, उम्मेदवार, व्यक्ति, संस्था, पार्टी, मन्त्रालय, सरकारी कार्यालय लगायतलाई स्पष्टिकरण सोधेको जानकारी दिनुभएको हो ।
नवौं राष्ट्रिय खेलकुद अन्तर्गत गल्फ खेलमा पुरुष एकलतर्फको स्वर्ण त्रिभुवन आर्मी क्बलका सुवास तामाङले जित्नुभएको छ ।
निर्वाचन आयोगले मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि निर्वाचन सामग्री तथा आर्थिक व्यवस्थापनसम्बन्धी मुख्य प्रशिक्षक प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ ।
नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला हक्कीमा त्रिभूवन आर्मी क्लबले लगातार दोस्रो जित निकालेको छ । महिलाको अर्को खेलमा सुदूरपश्चिम प्रदेश विजयी भएको छ ।
काठमाडौं, असोज २९ गते । बझाङको जयपृथ्वी नगरपालिका–८, खाराबगरमा अवस्थित बारिल झरना । करिब २०० मिटर अग्लो झरना जिल्ला सदरमुकाम चैनपुरबाट नजिकै भएपनि प्रचारप्रसारका कारण ओझेलमा परेको छ ।
नेपालीहरूको दोस्रो महान चाड तिहार नजिकिँदै गर्दा लोकदोहोरी गायक–गायिका पुरुषोत्तम पौडेल, सुनिता बुढामगर, प्रिन्स मल्ल ठकुरी र पूजा देवकोटाले गाउनुभएको ‘झिलीमिली तिहार’ देउसी–भैलो गीत बजारमा आएको छ ।
नवौं राष्ट्रिय खेलकुदको पुरुष भलिबलमा पुलिस क्लब क्वार्टर फाइनलमा प्रवेश गरेको छ । समूहमा रहेको ‘ए’ को पुलिस लगातार दुई जित निकाल्दै समूह विजेता समेत बनेको छ ।
काठमाडौं, असोज २९ गते । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महराले नेपालको संसदीय व्यवस्था गलत दिशातिर गइरहेको बताउनुभएको छ।शनिबार वाम लोकतान्त्रिक गठबन्धन नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस रामेछाप जिल्ला काठमाडौं सम्पर्क समन्वय समितिको संयुक्त कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो।उपाध्यक्ष महराले संसदीय व्यवस्था जनताको समृद्धि गर्ने, जनताको सम्पन्नतालाई पूरा गर्ने दिशातिर जानुपर्नेमा अन्त कतै गइरहेको हो कि भन्दै प्रश्न गर्नुभयो।उहाँले नेपाल आर्थिक रूपमा बिस्तारै कमजोर बनिरहेको पनि दाबी गर्नुभयो। उहाँले नेपालको व्यवस्थाप्रति समेत नकारात्मकता आउन थालेको उल्लेख गर्दै देशको व्यवस्था नकारात्मकतातिर जानुमा तत्कालीन नेकपा एमालेको सरकार केपी शर्मा ओलीको नेतृत्वको दोष रहेको आरोप लगाउनु भयो।उहाँले ओली सरकारले गरेको गलत कामलाई सम्हाल्न अहिलेको सरकारलाई गाह्रो भइरहेको भन्दै अहिले प्रतिगमन सच्याउने र संविधानसभाकाे बाटोमा हिँडाउनुपर्ने मुख्य आवश्यकता भएको जिकिर गर्नुभयो।उहाँले नेकपा एमालेसहितको गठबन्धनलाई प्रतिगमनकारीको गठबन्धन भएको आरोप पनि लगाउनु भयो।उपाध्यक्ष महराले नेपालमा विदेशी लगानी कमजोर बन्दै गइरहेको बताउनुभयो।उहाँले नेपालले आफ्नो श्रोत, साधनको उचित प्रयोग गरेर विदेशी लगानी भित्र्याउनुपर्नेमा जोड दिन आवश्यक रहेको बताउनुभयो।उहाँले अहिले देशलाई समृद्धिको दिशामा लैजान आवश्यक रहेको र देशको श्रोत, साधनलाई प्रयोग गर्नसके देशको समृद्धि निश्चित रहेको बताउनुभयो।उहाँले भन्नुभयो, ‘‘श्रोत साधनबाट हामी गरिब छैनौँ।नेपालमा विदेशी लगानी कमजोर भएको छ।किन कमजोर हुन्छ ? विदेशी लगानी भित्र्याउनुपर्छ।हाम्रो श्रोत, साधन प्रयोग गर्दै विदेशी लगानी कमजोर हुन दिनुहुँदैन।देशलाई समृद्धिको दिशामा लैजान आवश्यक छ।हामीले देशको श्रोत, साधनलाई प्रयोग गर्नसके देशको समृद्धि निश्चित छ ।’’उपाध्यक्ष महराले प्रतिगमनकारी शक्ति अहिले पनि सलबलाइरहेको भन्दै प्रतिगमनलाई परास्त गर्न गठबन्धन अहिले पनि उत्तिकै आवश्यक रहेको बताउनुभयो।
दक्षिणी कम्बोडियाको कान्डल प्रान्तमा क्षमताभन्दा बढी भार बोकेको डुङ्गा दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । बिहीबार राति भएको उक्त दुर्घटनाको उद्धार तथा खोज पूरा भएको अधिकारीले शनिबार जानकारी दिएका छन् ।
नेपाली सेनाका नासिर याह्या हुसेनले नवौं राष्ट्रिय खेलकुद अन्तरग भएको २२ औं राष्ट्रिय पौडी च्याम्पियनसिपमा आफ्नो नाममा रहेको कीर्तिमानमा सुधार गर्नुभएको छ ।
बुटवलको तिनाउ खोलाले बगाएर एक जना बेपत्ता भएका छन्।
दाङमा सशस्त्र प्रहरीले पटका बरामद गरी नष्ट गरेको छ । शुक्रबार र शनिबार गरी पूर्वपश्चिम राजमार्गको धानखोला लमही सडकखण्डमा चेकजाँचको क्रममा पटका फेला पारी बरामद गरिएको थियो ।
पछिल्लो २४ घण्टामा थप ५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार एक हजार ७६३ कोरोना परीक्षण गर्दा ५२ जनामा सङ्क्रमण पुष्टि भएको हो ।