• २० असोज २०८१, आइतबार

समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र १८ जिल्लामा ढुवानी

blog

तस्बिर : निर्वाचन आयोग

काठमाडौं, असोज २९ गते । निर्वाचन आयोगले १८ जिल्लामा समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र ढुवानी गरेको छ । मङ्सिर ४ मा सम्पन्न हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको सम्पूर्ण चार करोड छ लाख पाँच हजार मतपत्रको छपाइ सम्पन्न भएको छ ।

आयोगले मतपत्रको छपाइ सम्पन्न गरेसँगै समानुपातिक निर्वाचन प्रणालीतर्फको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मतपत्र ढुवानी भइरहेको छ । आयोगका अनुसार हालसम्म खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बु, उदयपुर, सप्तरी, महोत्तरी, धनुषा, सिराहा, ताप्लेजुङ, पाँचथर, इलाम, झापा, सङ्खुवासभा, तेह्रथुम, भोजपुर, धनकुटा, मोरङ र सुनसरी जिल्लामा मतपत्र ढुवानी गरेको हो ।

प्रतिनिधि सभातर्फको समानुपातिक प्रणालीका लागि दुई करोड चार लाख २१ हजार मतपत्रको छपाइ सम्पन्न भएको छ । यसैगरी, सात वटै प्रदेशका लागि समानुपातिकतर्फको दुई करोड एक लाख ८४ हजार मतपत्रको छपाइ सम्पन्न भएको छ । पहिलो हुने निर्वाचित हुने प्रणालीका लागि आज (असोज २९ गते) सम्म १७ लाख मतपत्र छपाइ भएको छ ।