• २० असोज २०८१, आइतबार

थप ५२ जनामा कोरोना सङ्क्रमण पुष्टि

blog

काठमाडौं, असोज २९ गते । पछिल्लो २४ घण्टामा थप ५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार एक हजार ७६३ कोरोना परीक्षण गर्दा ५२ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ७४५ पीसीआर परीक्षण गर्दा ४५ जना र एक हजार १८ एन्टीजेन परीक्षण गर्दै सातमा सङ्क्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा १६ जना सङ्क्रमण मुक्त भएका छन् भने सो समयमा मृत्युदर शून्य रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै, हाल मुलुकमा ६६७ जना सक्रिय सङ्क्रमित छन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा तीस हजार ८७६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।