पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तको मस्तुङ जिल्लामा शुक्रबार साँझ एउटा गाडीमा बम विस्फोट हुँदा कम्तीमा तीन जनाको मृत्यु हुनाका साथै अन्य चार जना घाइते भएका स्थानीय अधिकारीले बताएका छन् ।
चन्द्रकोट गाउँपालिकाका वडा नम्वर ७ का उमाकान्त भण्डारीले आफूहरुले लगाएको अन्नबाली बाँदरले सखाप पारिदिएपछि बाँदर नियन्त्रण गरिदिन उम्मेदवारहरुसँग माग गर्नुभएको छ ।
सत्ता गठबन्धनले सातै प्रदेशमा संयुक्त भेला गर्ने भएको छ । बिहीबार बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकले कात्तिक ४ देखि ७ गतेबाट सातै प्रदेशमा प्रदेशस्तरीय संयुक्त भेला गर्ने निर्णय गरेको थियो ।
जिल्लाको उत्तरपूर्वी क्षेत्रमा पर्ने जगनाथ गाउँपालिका वडा नं –२ को चार गाउँका २४ घर पूर्णरुपमा भत्किएका छन् । जगनाथ गाउँपालिका वडा नं –२ को काँडाकोट, लुमा, हुनी, बस्केना र शेरा गाउँका २४ परिवारले बास बस्दै आएको घर अविरल वर्षाका कारण आएको बाढीपहिरोले भत्काइदिएपछि अहिले ती परिवारहरुलाई कहाँ गएर बस्न भन्ने समस्या भएको हो ।
डेंगुका अधिकांश बिरामीहरुमा घाँटीमा समस्या देखापरेको भन्दै सजग रहन चिकित्सकहरुले आग्रह गरेका छन् ।
कैलालीको घोडाघोडी नगरपालिका १ जनकपुरमा शनिबार बिहान विश्वमै संरक्षित प्रजाति सुनगोहोरो फेला परेको छ । स्थानीय पुतली सापकोटाको खेतमा धान काट्दै गर्दा स्थानीयले विस्तारै हिँड्दै गरेको अवस्थामा सुनगोहोरालाई देखेका थिए ।
बेनीमा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबलको शनिबार भएको लिगचरणको खेलमो त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशलाई ३–० ले हराएको छ । आर्मीले कर्णालीलाई २५–१२, २५–१३, २५–१२ को जित निकालेको हो ।
गृहमन्त्री बालकृष्ण खाँणले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ रोजगारी खुल्दा स्थानीयले प्राथमिकता पाउने बताउनुभयाे ।
नेपाली सिनेमाघरमा पाँच नयाँ चलचित्र प्रदर्शनमा आएका छन्। ‘हिजोआजका कुरा’, ‘डाक्टर जी’, ‘गडफादर’, ‘कन्तारा’ र ‘वान पिस रेड’ प्रदर्शनमा आएका चलचित्र हुन्। ‘हिजोआजका कुरा’ साकार पन्तको निर्देशन रहेको चलचित्र हो। चलचित्रमा सन्तोष पन्त, रमा थपलिया, ऋचा शर्मा, केकी अधिकारी, रिमा विश्वकर्मा, दिव्यदेव पन्त, साकार पन्त, जयनन्दन लामा, रमेश अधिकारी, जेविका कार्की, विनायक कुइँकेल, अनुष्का अधिकारी, निराजनप्रसाद अर्याल, लक्ष्मी भुसाल, सविन शाक्य, मञ्जु श्रेष्ठ, कमला रेग्मीलगायत कलाकारको अभिनय छ।
गायक प्रकाश सपूत र रेश्मा घिमिरे अभिनित ‘जाने भए जाउ माया’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। सेन्टिमेन्टल भर्सनको गीतमा स्वर गायक सरन गुरुङले दिनुभएको छ। गीतमा शब्द, सङ्गीत विकास ल्वागुनको रहेको छ। गीतलाई कोबिद वज्रले सङ्गीत संयोजन गर्नुभएको हो।
बदलिँदो जीवनशैलीसँगै युवा अवस्थामा फेसनका लागि अनलाइन सपिङको लोकप्रियता बढ्दो छ। लत्ताकपडा होस् वा सौन्दर्य प्रसाधन फेसनका लागि अनलाइनको प्रयोग बढ्दो छ। ओछ्यानमै बसी–बसी सामान छनोट गर्न सक्नु र एक कल फोनकै भरमा घरमै सामान प्राप्त गर्नुले पनि यसमा लोकप्रियता बढेको हो।
पछिल्लो दिनहरुमा कम्जोर बन्दै गएको मनसुनी प्रणालीको असर पश्चिम नेपालमा हल्का रहेको छ । शनिबार सुदूरपश्चिम र कर्णाली प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
नेपालीका विपुल मनका मर्मका चेतनाका उच्चोन्मेषी भव र नभका, घस्रिँदो जीवनीका देख्दै बुझ्दै सुदुरपुरको झल्किँदो ज्योतिलार्ई पक्डी, बाँडी अनुपम कला नित्य सिर्जी सजाई ।
प्रत्येक घडी विसर्जन भैरहेछ महायज्ञको पूजा फूलपाती अक्षतासँगै भक्तहरूका त्याग र तपस्या ।