• १६ भदौ २०८१, आइतबार

‘जाने भए जाउ माया’ सार्वजनिक

blog

काठमाडौँ, असोज २९ गते । गायक प्रकाश सपूत र रेश्मा घिमिरे अभिनित ‘जाने भए जाउ माया’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। सेन्टिमेन्टल भर्सनको गीतमा स्वर गायक सरन गुरुङले दिनुभएको छ। गीतमा शब्द, सङ्गीत विकास ल्वागुनको रहेको छ। गीतलाई कोबिद वज्रले सङ्गीत संयोजन गर्नुभएको हो। 

गीतको भिडियोमा प्रकाश सपूत र रेश्मा घिमिरे श्रीमान्, श्रीमतीको भूमिकामा देखिनुभएको छ । बुद्ध थापाले छायाङ्कन गनुभएको यस भिडियोलाई विकास धमलाले सम्पादन गर्नुभएको हो। निकेश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो।