आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि सत्तारुढ गठबन्धनको मुख्य दल नेपाली काँग्रेसले सुदूरपश्चिमका १६ मध्ये ९ क्षेत्रमा उम्मेदवार उठाउन पाएको छ । यस्तै प्रदेशका ३२ मध्ये १८ क्षेत्रमा काँग्रेसका उम्मेदवार छन् ।
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत म्याग्दीको बेनीस्थित कभर्ड हलमा जारी तेक्वान्दो खेलको पुम्सेतर्फको विधाको उपाधिमा नेपाली प्रहरीले वर्चस्व कायम राखेको छ ।
पुर्वपश्चिम राजमार्गस्थित झापाको शिवसताक्षी नगरपालिका ९ किरात चौकमा भ्यानको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
शताब्दी पुरूष सत्यमोहन जोशीको आइतबार बिहान निधन भएको छ। उहाँको १०३ वर्षको उमेरमा आइतबार बिहान ललितपुरस्थित किष्ट अस्पतालमा निधन भएको उहाँकी भतिजी देवकी श्रेष्ठले गोरखापत्र अनलाइनलाइ जानकारी दिनुभयो ।
धवलागिरि क्षेत्रमा धेरै गुन्जिने गीत हो ‘यानीमाया’। एक दशक अगाडिसम्म मेला, महोत्सव, चाडपर्व र मेलापात गर्दा गाइने यानीमाया गीत अहिले गुन्जिन छाडेको छ।
ट्राफिक नियम उल्लङ्घन गर्ने १४ सय सात चालकलाई प्रहरीले शनिबार कारबाही गरेको छ। यसमा नम्बरप्लेट स्पष्ट नराख्ने चार सय ४६ र दिउँसै मापसे गरी सवारीसाधन चलाउने चार चालकसमेत परेका छन्।
तिहारको किनमेल गर्ने सर्वसाधारणको घुइँचो, झिलिमिली बत्ती, मिठाई मसला र फूलहरुले ढाकेको छ। तिहारले छुन हप्ता दिन अघिदेखि नै राजधानीका घरहरुमा झिलिमिली बत्ती बालिएको छ।
पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले नेपाली कांग्रेससँगको सम्बन्ध चुनावी तालमेलका लागि मात्र नभएको बताउनुभएको छ।
नेपालको बाँकी भू–भागबाट मनसुन बहिर्गमन हुन अझै केही दिन लाग्ने सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।
अविरल वर्षाले बाढी पहिरो आएर कर्णाली राजमार्ग अवरुद्ध भएपछि जुम्ला विमानस्थलमा यात्रुको भीड लागेको छ।
ललितपुर, असोज २९ गते। पौभा कालाका शिल्पी कलाकार उजय बज्राचार्यले ‘पौभा व्हेयर द डिभिनिटिज रिसाईड’ पुस्तक लेख्नु भएको छ। पुस्तकको लोकार्पण शनिबार अक्षेश्वर महाविहारमा ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्य र ललितपुर महानगरका उपमेयर मञ्जली शाक्य बज्राचार्यले गर्नुभयो।नेपाली कलाको विशिष्ठ शैलीमा रुपमा रहेको कलालाई जति अनुसन्धान गरे पनि नयाँ कुरा निस्कदै जाने गरेको अनुभव कुलपति केके कर्माचार्यले गर्नुभयो। पौभाका बारेमा आजका दिनमा कलाकार आफैले खोज अनुसन्धान गरेर पुस्तक प्रकाशन गर्नु सुखद् पक्ष रहेको कर्माचार्यले बताउनु भयो। नेवार मात्रको नभएर समग्र देशको चिनारीको रुपमा रहेको पौभा कला नेपालको माटोमा जन्मिएको कला भएकोले यसको प्रवर्द्धन र बजारीकरण आवश्यक रहेको उपमेयर बज्राचार्यले बताउनुभयो। पुस्तक लेखनका विषयमा कलाकार उजय बज्राचार्यले प्रकाश पार्दै विदेशीले मात्र हाम्रो कलाको बारेमा केही लेखिएको भएता पनि नेपाली लेखक र कलाकारका पुस्तक कम रहेको अवस्थामा पुस्तक आएको उल्लेख गर्नुभयो। आउदो पुस्तालाई पौभा कलाका बारेमा बुझाउन, सिकाउन पनि यो पुस्तक सहयोगी हुने उहाँको विश्वास छ। कार्यक्रममा डा. नरेश शाक्य र सुजाता शाक्यलगायतले धारणा राख्नुभएको थियो। अंग्रेजी भाषामा लेखिएको पुस्तक १ सय ६० पृष्ठको छ। सेक्रेड ग्यालरीले प्रकाशन गरेको पुस्तकको मूल्य चार हजार रुपैयाँ रहेको छ।
नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ अन्तर्गत तनहुँमा राष्ट्रिय महिला बास्केटबल प्रतियोगिता सुरु भएको छ ।
नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पर्वतको कुश्मामा भईरहेको करातेको पहिलो ‘इभेन्ट’ का रूपमा पुरुषको एकल काता र महिला एकल काताको प्रतिस्पर्धा सम्पन्न भएको छ ।
नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पौडीको ५० मिटर बटरफ्लाईमा एपीएफ क्लबका तेन्जिङ नामडोल रायन गुरुङले स्वर्ण पदक जित्नुभएको छ ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत साइक्लिङको डाउनहिल विधामा पुरुष र महिला दुवैतर्फ स्वर्ण त्रिभुवन आर्मी क्लबले जितेको छ ।