• १३ साउन २०८१, आइतबार

पौभा कला सम्बन्धी पुस्तक सार्वजनिक

blog

ललितपुर, असोज २९ गते। पौभा कालाका शिल्पी कलाकार उजय बज्राचार्यले ‘पौभा व्हेयर द डिभिनिटिज रिसाईड’ पुस्तक लेख्नु भएको छ। पुस्तकको लोकार्पण शनिबार अक्षेश्वर महाविहारमा ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्य र ललितपुर महानगरका उपमेयर मञ्जली शाक्य बज्राचार्यले गर्नुभयो।

नेपाली कलाको विशिष्ठ शैलीमा रुपमा रहेको कलालाई जति अनुसन्धान गरे पनि नयाँ कुरा निस्कदै जाने गरेको अनुभव कुलपति केके कर्माचार्यले गर्नुभयो। पौभाका बारेमा आजका दिनमा कलाकार आफैले खोज अनुसन्धान गरेर पुस्तक प्रकाशन गर्नु सुखद् पक्ष रहेको कर्माचार्यले बताउनु भयो। नेवार मात्रको नभएर समग्र देशको चिनारीको रुपमा रहेको पौभा कला नेपालको माटोमा जन्मिएको कला भएकोले यसको प्रवर्द्धन  र बजारीकरण आवश्यक रहेको उपमेयर बज्राचार्यले बताउनुभयो। 

पुस्तक लेखनका विषयमा कलाकार उजय बज्राचार्यले प्रकाश पार्दै विदेशीले मात्र हाम्रो कलाको बारेमा केही लेखिएको भएता पनि नेपाली लेखक र कलाकारका पुस्तक कम रहेको अवस्थामा पुस्तक आएको उल्लेख गर्नुभयो। आउदो पुस्तालाई पौभा कलाका बारेमा बुझाउन, सिकाउन पनि यो पुस्तक सहयोगी हुने उहाँको विश्वास छ। कार्यक्रममा डा. नरेश शाक्य र सुजाता शाक्यलगायतले धारणा राख्नुभएको थियो।  अंग्रेजी भाषामा लेखिएको पुस्तक १ सय ६० पृष्ठको छ। सेक्रेड ग्यालरीले प्रकाशन गरेको पुस्तकको मूल्य चार हजार रुपैयाँ रहेको छ।