• ११ असोज २०८१, शुक्रबार

दुर्घटनामा एकको मृत्यु

blog

बिर्तामोड, असोज ३० गते । पुर्वपश्चिम राजमार्गस्थित झापाको शिवसताक्षी नगरपालिका  ९ किरात चौकमा  भ्यानको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

 पूर्व–पश्चिम अन्तर्गत झापाको शिवसताक्षीको किरात चोकमा शनिवार साँझ पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को २ च १४९५ नम्बरको इको भ्यानले मे ६ प १३९२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा परी मोटरसाइकल चालक शिवसताक्षी ९ निवासी दिप्सन राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

उहाँको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।  प्रहरीले  दुवै सवारीसाधन नियन्त्रणमा लिएको छ ।