• २० असोज २०८१, आइतबार

१५ दिनमा नेपाल एयरलाइन्सको एक मात्रै उडान

कर्णाली राजमार्ग अवरुद्ध हुँदा विमानस्थलमा भीड

blog

जुम्ला विमानस्थलमा टिकटका लागि लागेको भीड । तस्बिर : नेत्र शाही ।

जुम्ला, असोज २९ गते। अविरल वर्षाले बाढी पहिरो आएर कर्णाली राजमार्ग अवरुद्ध भएपछि जुम्ला विमानस्थलमा यात्रुको भीड लागेको छ। 

जहाजको उडान कम तर यात्रुहरुको संख्या बढी भएपछि सकस भएको हो।  दशैंपछि घर आएका विद्यार्थी, कर्मचारी तथा बिरामीलाई पनि जहाँजको उडान कम हुँदा समस्या भएको छ। 

अघिपछि नियमित उडान भर्ने एयरलाइन्सले पूर्वलाई प्रथामिकता दिएपछि पश्चिम क्षेत्रको उडान प्रभावित भएको हो। यसले सर्वसाधारण समस्यामा परेका छन्। 

नागरिक उडान प्राधिकरणका प्रमुख सन्तोष अधिकारीका अनुसार नेपाल एयरलाइन्सले यो १५ दिनमा जुम्लामा एक मात्र उडान भरेको छ। नेपाल एयरलाइन्सको तालिका अनुसार हप्तामा दुईवटा जहाज आउनु पर्ने भए पनि कार्यान्वयन हुन सकेको छैन्। 

नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुजुका अनुसार नेपाल एयरलाइन्सको आइतबार जुम्लामा उडान अनिवार्य हुनेछ। उहाँले एक जहाज बिग्रेको एउटाले मात्रै देशभर सेवा दिनुपर्ने भएकाले समस्या भएको बताउनुभयो। नागरिक उड्यन जुम्लाका अनुसार अगष्ट महिनाको १५ दिनमा समिट एयरको सात, तारा एयरको चार र नेपाल एयरलाइन्सको १ मात्र उडान भरेका छन्।