दाङमा सशस्त्र प्रहरीले पटका बरामद गरी नष्ट गरेको छ । शुक्रबार र शनिबार गरी पूर्वपश्चिम राजमार्गको धानखोला लमही सडकखण्डमा चेकजाँचको क्रममा पटका फेला पारी बरामद गरिएको थियो ।
पछिल्लो २४ घण्टामा थप ५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार एक हजार ७६३ कोरोना परीक्षण गर्दा ५२ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
थ्री बाइ थ्री महिला बास्केटबल प्रतियोगितामा त्रिभुवन आर्मी र बागमती प्रदेशले जित हासिल गरेका छन् । शनिबार बिहान भएको खेलमा आर्मीले लुम्बिनी प्रदेशलाई १४–७ अंकले पराजित गरेको हो । आर्मीको जितमा जेनिसा श्रेष्ठले आठ स्कोर गर्नुभयो ।
निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन प्रयोजनका लागि निर्धारण गरेको निर्वाचन चिह्नमा हेरफेर गरेको छ । आयोगका उपसचिव एवम् सहायक प्रवक्ता कमल भट्टराईले शनिबार विज्ञप्ति जारी गर्नुहुँदै निर्वाचन प्रयोजनका लागि निर्धारित चिह्नमध्ये तीन वटा निर्वाचन चिह्नमा सामान्य हेरफेर गरेको जानकारी दिनुभयो ।
पूर्वी नवलपरासीमा सुरु सेपाकताक्रोमा नेपाली अर्मीले विजयी सुरुवात गरेको छ । नेपाली सेना र प्रदेश नं १ बीच भएको पुरुष डबलमा नेपाली सेनाले प्रदेश १ एकलाई २–० को सेटमा हराएको हो । सेनाले पहिलो सेट २१–१२ र दोस्र्रो सेटमा २१–१७ को अंकले प्रदेश नं. १ लाई हराएको हो ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आमसंचार माध्यमले निर्वाचन आयोग, राजनीतिक पार्टी, उम्मेदवार र नागरिकबीच समन्वयनको रुपमा काम गर्नुपर्ने बताउनुभएको छ।
नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्सको महिला एक सय मिटर दौडमा विभागीय टोली त्रिभुवन आर्मी क्लबकी सरस्वती चौधरीले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जित्नुभएको छ ।
दाङ देउखुरीका बाढी पीडितलाई सहरी विकास मन्त्री मेटमणि चौधरीले राहत उपलब्ध गराउनुभएको छ । देउखुरीका चारवटै स्थानीय तहमार्फत् एकद्वार प्रणालीबाट वितरण हुने गरी राहत पालिकालाई हस्तान्तरण गरिएको हो ।
कर्णाली प्रदेशका विभिन्न जिल्लाका जङ्गलमा फिरन्ते जीवन बिताइरहेका राउटेलाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ । भगवतिमाई गाउँपालिका १ बाबियातडामा बस्ने ४० घरधुरीका १४४ जनालाई शुक्रबार गुराँस गाउँपालिका –८ ले सामाजिक सुरक्षा भत्ता वितरण गरेको हो ।
एनडीएमएले आफ्नो मूल्याङ्कनमा २३ प्रभावित सुक्खा र अर्ध–सुक्खा क्षेत्रहरूमा तीव्र रूपमा कुपोषित बालबालिकाकाहरूको सङ्कलन गरेको छ । एक लाख ३४ हजारभन्दा बढी गर्भवती वा सुत्केरी महिलाहरूमा कुपोषण देखिएको छ ।
नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला फुटबलमा विभागीय टोली नेपाल एपीएफ क्लबले कर्णाली प्रदेशमाथि गोल वर्षा गरेको छ । शनिबार भएको खेलमा एपीएफले कर्णाली प्रदेशलाई १६–० गोलले हरायो ।
नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्सको १५ सय मिटर महिलातर्फ नेपाल एपीएफ क्लबकी फुलमती रानाले स्वर्ण पदक जित्नुभएको छ । पोखरा रंगशालामा शनिबार बिहान भएको खेलमा फुलमतीले निर्धारित दूरी ४ मिनेट ३८.१९ सेकेन्डमा पूरा गर्नुभयो ।
शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था स्थिर रहेको छ । ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालका प्रमुख अमिष पाठकका अनुसार उपचाररत जोशीको स्वास्थ्य अवस्था शुक्रबारबाट कमजोर बन्दै गएको छ ।
नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्सको एक सय मिटर पुरुष दौडमा एपीएफ क्लबका शिवराज पार्कीले स्वर्ण पदक जित्नुभएको छ । पोखरा रंगशालामा शनिबार बिहान भएको खेलमा शिवराजले निर्धारित दूरी १०.५६ सेमन्डमा पूरा गर्नुभयो ।
भारतको वित्तीय केन्द्र मुम्बईमा नोभेम्बर देखि कारको पछाडिको सिटमा बस्नेहरूका लागि पनि सिट बेल्ट लगाउन अनिवार्य गरिएको मुम्बई ट्राफिक प्रहरीले जनाएको छ ।