• २२ वैशाख २०८१, शनिबार

१५ सय मिटर दौडमा फुलमतीलाई स्वर्ण

blog

महिला १५ सय मिटरमा स्वर्ण विजेता फुलमती राना । तस्बिर : विकास द्वारे

काठमाडौं, असोज २९ गते । नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्सको १५ सय मिटर महिलातर्फ नेपाल एपीएफ क्लबकी फुलमती रानाले स्वर्ण पदक जित्नुभएको छ । पोखरा रङ्गशालामा शनिबार बिहान भएको खेलमा फुलमतीले निर्धारित दूरी ४ मिनेट ३८.१९ सेकेन्डमा पूरा गर्नुभयो ।

आर्मीकी सरस्वती भट्टराईले ४ मिनेट ४१ सेकेन्डमा दौड सक्दै रजत र आर्मीकै रेखा लिम्बुले ५ मिनेट ०३.८० सेकेन्डमा दौड सक्दै कांस्य जित्नुभयो । यसैगरी सोही स्पर्धाको पुरुषतर्फ स्वर्ण पदक आर्मी क्लबका मुकेश पालले जित्नुभएको छ । 

मुकेशले ३ मिनेट ५१.२१ सेकेन्डमा दौड सक्नुभयो । एपीएफका अजित यादबले ३ मिनेट ५३.११ सेकेन्डमा दौड सक्दै रजत र पुलिस क्लबका नागेश्वर अहिरले ३ मिनेट ५६.५ सेकेन्डमा दौड सक्दै कांस्य जित्नुभयो ।