प्रत्येक घडी विसर्जन भैरहेछ महायज्ञको पूजा फूलपाती अक्षतासँगै भक्तहरूका त्याग र तपस्या ।
प्रमाणपत्र तहको अन्तिम सेमेस्टरको परीक्षा दिएर म लामो बिदामा घर फर्कें । दुई वर्ष अध्ययनपछिको मेरो थकान बिसाउने त्यो त्राण थियो । यताउता हल्लिँदै रल्लिँदै र साथीभाइ एवं आफन्तहरूको भेटघाटमा १०–१२ दिन मजासँग बित्यो । त्यसपछिका दिन कट्न मुस्किल हुन थालिसकेका थिए । के गरौँ ? कसो गरौँ ? कहाँ जाऔँ ? भन्ने कुराको छटपटाहटमा म गुम्सिन थालेँ । दुई÷तीन महिनाभन्दा अघि परीक्षाफल आउने कुरा सम्भव थिएन । बाँकी दिन कसरी बिताउने भन्ने समस्याले म त्रसित हुन थालेँ ।
सुगम नेपाली गीत–सङ्गीतको चर्चा–परिचर्चा धेरै पहिलेदेखि हुँदै आएको हो । मूलतः नेपाली सञ्चार माध्यमले गीत–सङ्गीत बजाउने अनि श्रोता आकर्षित हुँदै आफूलाई मन परेको गीत–सङ्गीतमा रमाउने परम्परा पुरानै हो । गीत–सङ्गीतलाई माध्यम बनाएर आफ्नो नाम अमर बनाउनेहरूको सूची पनि लामै छ । छोटा र सस्ता जीवनीलेखन पनि भएकै छन् । प्रतिनिधिमूलक साधकलाई स्थान दिएर गीत–सङ्गीतको क्षेत्रमा समीक्षा–समालोचना गर्ने लेखकहरू अत्यन्त थोरै छन् । थोरै सम्पादक, लेखक, अन्वेषकमध्ये आफूलाई समर्पित गर्ने साधक हुनुहुन्छ– नगेन्द्रराज रेग्मी ।
ललितपुरको इमाडोलमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । प्रहरी प्रभाग लुबुका अनुसार ललितपुरको लुबु चौतारास्थित सडक खण्डमा इमाडोलदेखि लुबु जाँदै गरेको बा ९३ प ८९० नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना भएको हो ।
भर्खर जुम्ला विस्तार क्याम्पसबाट शिक्षक तालिम सकेर घर आएकी थिएँ । त्यो बेलामा म किशोरावस्थामा उक्लँदै थिएँ । “छोरीहरूलाई पनि पढाउने र ?” भन्ने त्यो जमानामा १४ दिनको यात्रा तय गरेर जुम्ला विस्तार क्याम्पससम्म बुवाले मलाई पढ्न पु¥याउनुभयो । म जुम्लाबाट फर्केलगत्तै मास्टर्नी भइहालेँ– श्री सुनीपीपल चौर प्राथमिक विद्यालय, सुबेडामा । मेरो जागिरको पहिलो नियुक्ति नै त्यही थियो । मैले कखराको सुरुवात पनि त्यही स्कुलबाट गरेकी थिएँ । बुवा त्यही स्कुलमा प्रधानाध्यापक हुनुहुन्थ्यो ।
संयुक्त राष्ट्रसङ्घको आह्वानमा ‘इन्टरनेसनल इयर अफ ग्लास’ मनाएर सन् २०२२ भर काँचको उत्सव गर्न विश्व व्यस्त छ । युनेस्कोले यसअघि नै यसै वर्षलाई ‘इन्टरनेसनल इयर अफ बेसिक साइन्स फर सस्टेनेबल डेभलपमेन्ट’ घोषणा गरेर विश्व र विशेषगरी गरिब देशलाई दिगो विकासतर्फ प्रेरित गर्ने कार्यक्रम पनि संयुक्त रूपमै अगाडि बढाउने निर्णय गरेको थियो ।
देशभर चुनावी सरगर्मी बढेको छ । यति नै खेर कलाकार कला प्रदर्शनी र कला गतिविधिमा व्यस्त छन् । सिद्धार्थ ग्यालरी, ग्यालरी एम क्युव, ई आर्ट नेपाल, दलाइला आर्ट, पार्क ग्यालरी, नेपाल आर्ट काउन्सिल, क्लासिक ग्यालरी, अरूपण ग्यालरीलगायत ठाउँमा कला प्रदर्शन भइरहेको छ । प्रत्येक ग्यालरीमा विविध शैलीका चित्र झुन्डिने क्रम बढ्दो छ ।
आगामी मङ्सिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभा चुनावका लागि दलका नेता र कार्यकर्ता उम्मेदवारसहित चुनावी अभियानमा जुटेका छन्। प्रदेश र प्रतिनिधि सभाका सिट आफ्नो पक्षमा पार्न उम्मेदवारसहित नेता कार्यकर्ता गाउँटोलको भेटघाटमा लागेका हुन्।
कञ्चनपुरमा प्रतिनिधि सभा तथा प्रदेश सभाका नौ पदका लागि ८२ जनाबीच प्रतिस्पर्धा हुने भएको छ। तीमध्ये स्वतन्त्र र विभिन्न पार्टीका बागी उम्मेदवार १८ जना छन्। कञ्चनपुरको क्षेत्र नं. १ मा प्रतिनिधि सभाका लागि तीन जनाको स्वतन्त्र उम्मेदवारी छ। नेकपा (एमाले) प्रदेश कमिटी सचिवालय सदस्य खेम सुवेदी, नेपाली कांग्रेस निकट जगतबहादुर सायर र हरिनादेवी भट्ट रहेका छन्। पार्टीका उम्मेदवारविरुद्ध बागी रहेका सुवेदीलाई नेकपा (एमाले)ले पार्टीबाट निष्कासन गरिसकेको छ। सत्ता गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का बिना मगर र नेकपा (एमाले) कञ्चनपुरका पूर्वअध्यक्ष तारा लामा तामाङसमेत चुनावी मैदानमा हुनुहुन्छ। क्षेत्र नं. १ को ‘क’ मा नेकपा (एमाले)का केन्द्रीय सल्लाहकार परिषद् सदस्य भक्तबहादुर अधिकारीको स्वत्रन्त्र उम्मेदवारी परेको छ। अधिकारीलाई पनि नेकपा (एमाले)ले कारबाही गरेको छ। ‘क’ प्रदेशमा आठ जना
केही दिनअघिको अविरल वर्षासँगै मौसम परिवर्तन हुँदा बाँके जिल्लाका विभिन्न बस्तीमा भाइरल ज्वरो, रुघाखोकी र निमोनियाका बिरामी बढ्दै गएका छन्। असोजको सुरुदेखि नै कहिले अत्यधिक गर्मी र कहिले वर्षा भएकाले ज्वरो बढेको बताइएको छ। केही दिनयताको अविरल वर्षाका कारण ज्वरो, रुघाखोकी र निमोनियाका बिरामीको सङ्ख्या थप बढेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।
विभिन्न चारवटा वस्तुमा लगाइएको आयात प्रतिबन्ध मङ्सिर मसान्तसम्म कायम हुने भएको छ । यसअघि असोज २८ गते शुक्रबारसम्मका लागि जारी भएको प्रतिबन्ध सरकारले लम्ब्याउने निर्णय गरेको हो । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले
बैङ्कको चर्को ब्याजविरुद्ध सुर्खेतका उद्योग व्यवसायी आन्दोलनमा उत्रिएका छन् । बैङ्कले चर्को ब्याज बढाएर व्यवसायीलाई मानसिक यातना दिएको भन्दै शुक्रबार सुर्खेत उद्योग वाणिज्य सङ्घको अगुवाइमा व्यवसायीले सुर्खेत बन्द गर्नुका साथै जिल्ला प्रशासन कार्यालय र नेपाल राष्ट्र बैङ्कको प्रदेश कार्यालयमा पुगी ज्ञापनपत्रसमेत बुझाएका छन् । मुलुकमा पछिल्लो समय चुलिँदै गएको आर्थिक सङ्कटका बीच भरथेग गरेर मुलुकको अर्थतन्त्र धानिरहेको निजी क्षेत्रलाई
साल्ट ट्रेडिङ कर्पोरेसनले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट खाद्य गुणस्तर अनुज्ञापत्र आउनेबित्तिकै एसटीसी ब्रान्डको तोरीको तेल उत्पादन गर्ने तयारी गरेको छ । कर्पोरसनले खाद्य विभागबाट अनुज्ञापत्र प्राप्त गर्नेबित्तिकै हेटौँडास्थित नेपाल वनस्पति उद्योग लिमिटेडबाट उक्त ब्रान्डको तेल उत्पादन गर्नेछ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. गोविन्द शर्माले जग्गा वर्गीकरणका लागि आफ्नो मन्त्रालयसँग कुनै समन्वय नभएको बताउनुभएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले जग्गा वर्गीकरणको काम अगाडि बढाएको र त्यसको जिम्मा स्थानीय तहलाई दिएको तर त्यसका बारेमा आफ्नो मन्त्रालयसँग कुनै समन्वय नभएको उहाँले दाबी गर्नुभयो ।
महोत्तरी जिल्लाका युवा तथा नागरिक समाजका अगुवाहरूले निर्वाचनको समयमा मिथ्या सूचना रोक्न सरोकारवाला निकायले आवश्यक पहल गर्नुपर्नेमा जोड दिएका छन्। जलेश्वरमा ‘एकाउन्टाविलिटी ल्याब’ले आयोजना गरेको एक कार्यक्रममा नागरिक समाजका प्रतिनिधि तथा सञ्चारकर्मीहरूले मिथ्या तथा भ्रामक सूचना एवं समाचारले मतदाता प्रभावित हुने गरेकोले यस्तो सूचना रोक्न सबैले सामुहिक पहल गर्नुपर्नेमा जोड दिएका हुन्। शान्ति तथा विकासका लागि युवा सञ्जालका अध्यक्ष मो. रेजा अन्सारीले मिथ्या तथा भ्रामक सूचना एवं समाचार रोक्न आफूहरूले पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दै भन्नुभयो, “निष्पक्ष, खुला र सुरक्षित निर्वाचनका लागि नागरिक समाजका प्रतिनिधिहरूको भूमिकालाई आत्मसात् गर्न आवश्यक पहल गर्छौं।”