• २२ वैशाख २०८१, शनिबार

राष्ट्रिय महिला भलिबल: कर्णालीलाई पराजित गर्दै नेपाल आर्मी विजयी

blog

ठाकुरप्रसाद आचार्य 

म्याग्दी, असोज २९ गते । बेनीमा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबलको शनिबार भएको लिगचरणको खेलमा त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशलाई  ३–० ले हराएको छ । आर्मीले कर्णालीलाई २५–१२, २५–१३, २५–१२ को जित निकालेको हो । 

लिग चरणको अर्को खेलमा प्रदेश–१ ले मधेश प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गरेको छ । प्रदेश–१ ले मधेश प्रदेशमाथि २५–१३, २५–२२, २५–१५ को जित निकालेको हो ।

बेनीको खुल्ला मञ्चमा खचाखच भरिएका दर्शकले दुवै प्रदेशका पक्षमा बाडिएर हुटिङ गरेका थिए । खेल निकै प्रतिस्पर्धापूर्ण भएपनि मधेश प्रदेश हार खेप्न बाध्य बन्यो