• १२ साउन २०८१, शनिबार

जापान क्यूशु क्षेत्रीय समितिमा अवस्थी

blog

काठमाडौँ, असोज ३० गते । सुदूर पश्चिमेली नेपाली समाज क्यूशु क्षेत्रीय समिति जापानको चौथो अधिवेशनबाट कविराज अवस्थी अध्यक्षमा निर्वाचित हुनु भएको छ । समितिको हालै सम्पन्न अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको हो । 

समितिको बरिष्ठ उपाध्यक्षमा कृष्णराज भट्ट तथा उपाध्यक्षहरूमा शिव खनाल, रामबहादुर बोहरा र ईश्वर खड्का चयन हुनुभएको छ । महिला उपाध्यक्षमा कोमल देवकोटा निर्वाचित हुनुभएको छ । 

समितिको सचिव, सहसचिव, कोषाध्यक्ष र सह कोषाध्यक्षमा क्रमशः पूरण बजगाईँ, लोकेन्द्र धामी, चन्द्र लोथ्याल र रमेश विष्ट चुनिनुभएको छ । सदस्यहरूमा इन्द्र ढकाल, प्रकाश खनाल, अनन्त अधिकारी, दीपक शाह, पारस कलौनि, लक्ष्मण महरा, मनोज जोशी, इसु मगर, धिर्जा जैसी, रेसम जङ्ग क्षेत्री, दीपेन्द्र तिमिल्सिना चयन हुनुभएको समितिले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । 

उक्त समितिले नेपालमा विभिन्न समयमा भएका बाढी, पहिरो, आगलागी लगायतका विपतमा परेका परिवारलाई आर्थिक तथा अन्य मानवीय सहयोग गर्दै आएको नव निर्वाचित अध्यक्ष अवस्थीले जानकारी दिनुभयो ।