• २० असोज २०८१, आइतबार

पहिरोपीडितलाई राहत ढुवानी

blog

हुम्ला समाचारदाता

हुम्ला, असोज ३० गते । जिल्लाका दक्षिणी क्षेत्रका बाढीपहिरोपीडितलाई हेलिकोप्टरमार्फत राहत पु-याइएको छ । कर्णाली प्रदेश सरकारको सहयोगमा बाढीपीडितलाई वितरण गर्न सम्बन्धित गाउँपालिकामा राहत सामग्री पु-याइएको हो । ताँजाकोट गाउँपालिकाका अध्यक्ष लालकेश जैसीले पहिरोपीडितलाई वितरण गर्न राहत सामग्री हेलिकोप्टरमार्फत ल्याइएको जानकारी दिनुभयो ।

ताँजाकोट गाउँपालिकाले पहिरोले घर भत्किएकालाई स्थानीय स्तरमा त्रिपाल दिएर सहयोग गरेको छ । राहत सामग्रीमा त्रिपाल, भाँडाकुडा, खाद्यान्न र लत्ताकपडा रहेको जनाइएको छ । चङ्खेली र सर्केगार्ड गाउँपालिका–१ को नात्ता र ८ को राहदेव गाउँका पहिरोपीडितलाई वितरण गर्न हेलिकोप्टरबाटै राहत सामग्री ढुवानी गरिएको जनाइएको छ । पहिरोमा परी हुुम्लामा छ जनाको मृत्युु भएको थियो ।