• २० असोज २०८१, आइतबार

सबस्टेसन निर्माण अन्तिम चरणमा

blog

परासी समाचारदाता

नवलपरासी, असोज ३० गते । पश्चिम नवलपरासी, सुनवलको चारपालामा निर्माणाधीन १३२ केभी विद्युत् सबस्टेसनको निर्माण अन्तिम चरणमा पुगेको छ । यो आयोजनाको ९३ प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको बताइएको छ । 

नवलपरासीको सुनवल ज्यामिरे क्षेत्रमा लक्ष्मी स्टिल, पाल्पा सिमेन्ट उद्योगलगायतका ठूला उद्योग सञ्चालनमा रहेका र अन्य उद्योग स्थापना हुने क्रम बढ्दै गएको अवस्थामा सुनवल नगरपालिका–७, चारपालामा १३२ केभी विद्युत् प्रसारण लाइनको सबस्टेसन निर्माण सुरु गरिएको हो । २०७५ साल पुसदेखि निर्माण प्रक्रिया सुरु भएको यो सबस्टेसन निर्माण कार्य अन्तिम चरणमा पुगेको सुनवल १३२ केभी सबस्टेसन आयोजनाका प्रमुख दीपक गौतमले जानकारी दिनुभयो । आगामी असारसम्ममा निर्माण सम्पन्न गर्ने गरी बङ्गलादेशको निर्माण कम्पनी इनर्जी प्याक्ट र नेपाली कम्पनी सिग्मा कोनले संयुक्त रूपमा ठेक्का लिएको हो । 

कोभिड–१९ का कारण निर्माण अवधि लम्बिएको भए पनि यो आयोजनाको अधिकांश संरचना निर्माण भइसकेको आयोजना प्रमुख गौतमले बताउनुभयो । नेपाल सरकारको ५२ करोड रुपियाँको लागनीमा बनिरहेको हो ।